कुरिलो खेति प्रविधि

 

परिचयः

कुरिलो कलिलो टुसा  को लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । नेपालमा समुद्री सतह देखि २२०० मि।सम्म कुरिलोपाइन्छ । कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल शहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ । नेपालमा यो बालीको खेती व्यावसायिक रूपमा भर्खरै शुरु भएको र विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै गएको देखिन्छ ।

हावपानीः

कुरिलो न्यानो र समशीतोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ । काठमाडौं जस्तोसमशीतोष्ण हावापानी भएकोनेपालाको मध्य पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ । यसको खेती १५ १८ डि।से। औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ । बिरुवाको वृद्धि विकासका लागि ३५ महिनासम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सुषुप्त अवस्थामा रहन माटोको तापक्रम १० डि।से। भन्दा कम हुनुपर्दछ । कुरिलोको क्राउनलाई जाडो तथा चिसोबाट केही असर गर्दैन । जाडो महिनापछि पनि तुषारो अथवा जाडोरहिरहने ठाउँ छनोट गर्नु हुँदैन ।

माटोः

कुरिलो एउटा बहुवर्षे बाली भएकोले प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएकोमलिलो गहिरो, खुकुलो माटो राम्रो हुन्छ । झारपात कम उम्रने जमिन हुनुआवश्यक छ । माटोको पी।एच। ६ देखि ७।५ सम्म राम्रो मानिन्छ । पानीकोनिकास नभएको अथवा दिनभरि प्रकाश नपर्ने ठाउँलाई कुरिलो लगाउनका लागि राम्रो मानिदैन । कुरिलो खेतीका लागि बाह्रै महिना पानीको सुविधा भएको बलौटे दोमट माटो, पारिलो घाम लाग्ने जमिन हुनु आवश्यक छ । बहुवर्षीय झारको प्रकोप बढी भएको ठाउँलाई पनि छनोट गर्नु हुँदैन ।

जातहरूः

शुरुमा मेरी वासिङ्टने जात निकै प्रचलित थियो । यसको स्वाद मीठोभए पनि टुसा सानो हुने तथा टुसा पलाउने समयको अन्तराल अलि बढी हुनेभएकोले यो जातको प्रचलन घट्दै गएको पाइन्छ । अमेरिकन जर्सी किङ जातको कुरिलो हाल नेपालमा प्रचलनमा पाइएको छ । यसको स्वाद प्रभावकारी हुनुका साथै १०० ग्रामसम्मको ठूलो टुसा उत्पादन हुन्छ । टुसा दिने समयको अन्तराल पनि छोटोछोटो हुन्छ ।

हेरचाह

कुरिलोको सबैभन्दा ठूलो समस्या भनेको झारपात हो । त्यसैले पटक पटकको खनजोत र गोडमेलले झारपात नियन्त्रण गर्न सकिन्छ । २÷३ इन्चभन्दा बढी गहिरो खन्नाले जरालाई नोक्सानी पु¥याउन सक्छ । ३÷४ सेमि गहिरो मल्च राख्नाले पनि झारपात नियन्त्रण गर्न राम्रो सहयोग पुग्दछ । बाली लिईसकेपछि बिरुवाले सुख्खापन महसुस गर्ने भएकोले सिंचाइ गर्नुपर्दछ । जाडोसकिएपछि सुकेका बोटहरूको जमिनमाथिको भाग हटाईदिनुपर्दछ । नोक्सान नपुग्ने गरी हल्का गोडाइ गरी गोबर मलका साथै युरिया र चून ९२ के।जी। प्रति रोपनीका दरले माटोमा मिलाएर हल्का ड्याङ बनाउने गर्नुपर्दछ ।

गोडमेलः

कात्तिकमंसिर ९ल्यख‐म्भअझदभच० मा पातहरू पहेंलिएपछि सतहबाट ५ से। मि। माथि काटिदिनुपर्दछ । फागुन चैतमामा टुसा पलाउनुभुन्दा पहिले बोटलाई हारको दुवैतिरबाट कुलेसोबन्ने गरी माटो झिकेर पुर्नुपर्छ ।

 

मलखाद व्यवस्थापनः

१ देखि १।५ स्क्वायर फिटको परिधि र गहिराइमा करिब ३ के।जी। कम्पोस्ट मल हालेर कुरिलोको बिरुवा लगाउन सकिन्छ । जमिन तयारी गर्दा शुरुमा तीन÷चार पटक जोतेर डल्ला फोरेर झारपात नभएको जग्गामा प्रति रोपनी कम्तीमा ८० १०० भारी कम्पोस्ट मल राखेर बिरुवा लगाउनु पर्दछ । तर शुरुमा हालिएको मलले मात्र कुरिलोलाई पुग्दैन । प्रत्येक हिउँदको अन्तिममा वा लाग्दो फागुनतिर कम्पोस्ट मल, कखुराको मल, गाईभैँसीको धूलो मल करिब २३ के।जी। प्रतिबोट हाल्नुपर्दछ । सिजनमा राम्रो उत्पादन दिन नसक्ने बिरुवालाई मल थपिरहनुपर्दछ ।

सिंचाइः

सिंचाइ मुख्य गरेर माटोको बनोट, किसिम, मौसम र बालीकोअवस्थामा भर पर्दछ । चिम्ट्याइलो माटोमा कम पानी चाहिन्छ भने हलुका माटोमा पटकपटक गरी सिंचाइ गर्नुपर्दछ । नयाँ बेर्ना, बीउ, क्राउन आदि सारेको २ वर्षसम्म सिंचाइ आवश्यकताअनुसार गर्नुपर्दछ । प्रथम सिंचाइ बाली रोपेपछि लगत्तै दिनुपर्दछ । बाली लिने बिरुवामा पनि आवश्यकताअनुसार सिंचाइ गरिरहनुपर्दछ । खास गरी फागुन, चैत, वैशाख देखि वर्षा नभएसम्म सिंचाइ गर्नु जरुरी पर्दछ ।

 

आवश्यक विरुवाको सँख्या प्रति हेक्टर

२४,०००२५,००० क्राउन प्रतिहेक्टर ।

 

रोप्ने दुरी

९०  ४५ सेमी

क्राउनको साईज  ३०५० ग्राम

 

रोप्ने समय

जाडो महिनाको अन्त्यदेखि वसन्त ऋतुभरि कुरिलोको रोप्ने उपयुक्त समय भएपनि चैत्रदेखि साउनसम्म रोप्न सकिन्छ ।

 

गोडमेल

कुरिलो बहुबर्षिय बाली भएकोले झारपातहरु पनि बहुबर्षिय प्रकारकै बढी हुन्छन् । त्यसैले समय समयमा गोडमेल गरिराख्नुपर्दछ ।

टुसा का्टने तरिका

साधारणतया कुरिलो टुसाको उत्पादन दोस्रो वर्षदेखि सुरु हुन थाल्दछ । कुरिलो एक पटक लगाएपछि २० वर्षसम्म उत्पादन लिन सकिन्छ । सामान्यतया टुसाको उचाई १५२० सेमी भएपछि धािरलो चक्कुले करिब ४५ सेमी माटो भित्रैबाट काटेर निकाल्नुपर्दछ ।

रोगहरु

कुरिलो सिन्दुरे रोग स् यो रोग पक्सिनिया नामको ढुसीद्धारा लाग्ने गर्दछ । यसको मुख्य लक्षण डाँट र हाँगाहरुमा साना, राता तथा पहेँला रँगका थोप्लाहरु देखिन्छन् । १ लिटर गाईको पिसाब ८१० भाग पानीमा मिलाई छरेमा नियन्त्रण गर्न सकिन्छ ।कुरिलो ओइलाउने रोग यो रो फयुजारियम् नामक ढुसीबाट लाग्ने गर्दछ । यो रोग लागेको विरुवा पहेँलो खैरो तथा रँग उडेको जस्तो देखिन्छ । यसको नियन्त्रण गर्न स्वस्थ्य नर्सरीका विरुवा प्रयोग गर्ने, पानीको निकास राम्रो गर्ने । यसका जिवाणुहरु माटोमा बस्ने भएको हुँदा रोगी माटोमा खेती गर्नु हुँदैन ।

कीराहरु

कुरिलोको खपटे कीरा स् यसको माउ तथा बच्चा ९ग्रुब० ले काण्ड र पातमा खाएर नोक्सान पुरयाउदछन् । यसको नियन्त्रणको लागी कीराको आक्रमण देखिने वित्तिकै नुमान २ मि।लि। प्रतिलिटर पानीका दरले पात तथा काण्ड भिज्ने गरी छर्नु पर्दछ ।झुसिलकीरा  यसले विरुवाहरुको हाँगाविँगालाई खाएर नोक्सान पुरयाउँदछ । यसको नियन्त्रण गर्न नुभान २ एम एल प्रतिलिटर पानीमा राखी बोटमा छर्नुपर्दछ ।

उत्पादन 

बहुबर्षिय बाली भएको हुँदा कुरिलो्को उत्पादन सुरुका बर्षहरुमा केही काम भएपनि ८१० बर्षमा उत्पादन उच्च हुन थाल्छ । राम्रोसँग व्यवस्थापन गरेमा टुसाको उत्पादन तेस्रो बर्षमा १,००० किलो, चौथो बर्षमा २,००० किलो तथा पाँचौ बर्षमा करिब ३,००० किलो प्रति हेक्टरसम्म हुन्छ ।