अलैंची खेति प्रविधि

परिचय

अलैँची   Amomum subulatum Roxb.पहाडी भेगमा पाइने एक वनस्पति हो। वनस्पति जगतको  Zingiberaceae परिवार अन्तर्गत पर्ने अलैंची   (Black cardamon) एक अत्यन्तै उपयोगी बहुवर्षिय  Perennial Herb हो। यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्रशस्त पाइन्छ। नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेशिया चिनमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातिका अलैंचीहरू इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी पश्चिमी अफ्रिकामा पनि पाइन्छन्। नेपाल, भारत भुटान विश्वका अत्यधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन्। यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ। यो वनस्पति कुनै पनि भिरालो परेको जमिन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेती गर्न सकिन्छ। यस कारण यो वनस्पति खेर गएको जमिनमा सहि सदुपयोग गर्न सकिन्छ साथै जमिनलाई भू(क्षय हुनबाट पनि बचाउन सकिन्छ।

जातहरु

) रामशाही यो जातको खेती बढी उचाई भएका क्षेत्रहरूमा गर्नुपर्छ समुन्द्री सतहबाट १५०० देखि १८०० मिटरको उचाईमा यो जात राम्रो हुन्छ अन्य जातको तुलनामा दानाको आकार केही लाम्चो

सानो हुन्छ दाना भित्र बिउको संख्या पनि अरु जातको तुलनामा कम हुन्छ यो जातको दाना पाक्ने समय असोजको अन्तिमदेखि कार्तिकको दोस्रो हाप्तासम्म हुन्छ

) गोलशाही यो जातको अलैंची खेती १२०० देखि १६०० मिटरको उचाईमा राम्रोसँग

फस्टाउछ यसको दाना गोलो आकारको हुन्छ यो जातको दाना पाकेर असोजको पहिलो हप्तादेखिअन्तिम हप्तासम्म टिप्न सकिन्छ

) डम्बरशाही यो जातको अलैंची ७०० देखि १२०० मिटरको उचाईमा राम्रो हुन्छ यो जातको दाना गोलो बाटुलो आकारको हुन्छ यो जात भदौको अन्तिम हप्तादेखि असोजको पहिलो हप्तासम्म टिप्न राम्रो हुन्छ

हावापानी

समुद्री सतह बाट ७०० देखि २१०० मी. सम्म यसको खेती गर्न सकिएतापनि ६०० देखि २३०० मी. सम्म पनि यसको खेती गरिएको पाइन्छ अलैंची खेतीको लागि उपयुक्त तापक्रम देखि २० डिग्री सेन्टिग्रेड सम्म हो डिग्री सेन्टिग्रेड भन्दा कम भएमा बिरुवाको बढ्ने गति कम हुन्छ हुरीबतास, तुषारो, हिमपातले पनि अलैचीको बिरुवालाई नराम्रो असर पार्दछ तुषारो त्यसमा पनि कालो तुषारो अलैचीको ठूलो शत्रु मानिन्छ अलैंचीले बढी आद्र्रता भएको स्थान मन पराउँछ ९० प्रतिशतवा सो भन्दा वढी आद्र्रता भएमा राम्रो मानिन्छ

वर्षा

अलैंची बालीलाई सिँचाई भन्दा वर्षाको पानी बढी राम्रो मानिन्छ वार्षिक औसत वर्षा १६०० देखि ५००० मिलिमिटर उपयुक्त हुन्छ तर पनि फेदमा पानी जम्न दिनु भने हुँदैन बगानमा उचित निकासको व्यवस्था हुनु नितान्त जरुरी

माटो

अलैंची खेती .. सम्म पि.एच. मान भएको जुनसुकै माटोमा पनि गर्न सकिने देखिएको तर पनि पानी नजम्ने, दोमट माटो, प्रशस्त प्राङ्गारिक पदार्थ भएको स्थानमा धेरै वर्षसम्म बगान टिकिरहन सक्छ चिम्टाइलो, रातो माटोमा पानी जम्ने, वर्षादमा पहिरो जान सक्ने तथा वर्षा नभई पानी कम भएमा माटो कक्रिने हुंदा यसलाई राम्रो मानिदैन

जग्गाको छनोट

अलैची खेतीको लागि केही भिरालो परेको, सूर्यकोप्रकाश दिनमा पटक मात्र पर्ने छहारी वोट सहितको खोल्सो तथा फेदवाट सदा पानी बगीरहने स्थान सबैभन्दा राम्रो मानिन्छ उत्तर पूर्व फर्किएको जमिन राम्रो हुन्छ,

तापनि जुनसुकै मोहोडामा पनि यसको खेती गर्न सकिन्छ सूर्यको प्रकाश सिधा अलंैची बगानमा पर्नु हुंदैन प्रङ्गारिक पदार्थ बढी भएको, पहिरो नजाने खालको तथा बाढीले नोक्सान नपु¥याउने सकभर चिम्टाइलो माटो नभएको स्थान राम्रो मानिन्छ तर पनि केही भिरालो जग्गा, फेदवाट पानी बगीरहने खोल्सो, छाहारी दिने वोटहरु भएको स्थानमा यो खेती अत्यन्तराम्रोसंग फस्टाउन सक्छ

अलैंची नर्सरी स्थापना तथा व्यवस्थापन

अलैंची बीउ सानो हुने भएकोले यसलाई राम्रोसँग उम्रिन, हुर्काउन, बढाउन, सार्नयोग्य बनाउन प्रथम नर्सरी र दोश्रो नर्सरी गरी जम्मा २ नर्सरीमा हुर्काइन्छ । यसलाई प्रथम नर्सरीमा १८ देखि २२ महिनासम्म राख्नु पर्ने हुन्छ भने दोश्रो नर्सरीमा १२१४ महिनासम्म रहन्छ । यसरी ३२३४महिना सम्ममा बिरुवा सार्नयोग्य हुन्छ ।

बिरुवा लगाउने खाडल खन्ने

बिरुवा लगाउनु भन्दा . महिना अगावै खाडल खन्नु पर्दछ जमिनको भिरालो तथा मलीलोपना अनुसार बढी गँंजिने जातलाई ÷ मिटर तथा

कम गाँजिने जातलाई .÷. मिटरको दुरी कायम गरी ३० से.मी. लम्बाई, ३० से.मी.चौडाई ३० से.मी. गहिराईको खाडल खन्नु पर्दछ

खाडल खन्दा १५ से.मी. माथी सतहकोमाटो अलग त्यसभन्दा गहिराईको माटो अलग बनाई राख्नु पर्दछ

मलखाद

अलैची खेतीको लागि प्रति रोपनी ५० देखि ६० डोको कम्पोष्ट मल, नाइट्रोजन के.जी., फस्फोरस के.जी. पोटास के.जी. परिमाणमा खाद्यतत्वहरुको सिफारिश गरिएको मलखाद दिँदा जमिनको अन्तिम तयारीमा कम्पोष्ट मलको पूरै मात्रा फस्फोरस तथा पोटास तत्वको पूरै मात्रा नाइट्रोजन तत्वको आधा मात्रा मिसाउनु पर्दछ नाइट्रोजन मलको बाँकी आधा भाग बाली अवधि भरी दुई पटक गरी दिनु पर्दछ ।खाडल पुर्ने १५ दिन सम्म खाडल खुला राखी बिरुवा लगाउनु भन्दा महिना अगाडी खाडल पुरी बीच भागमा किला गाडी राखी छाड्नु पर्दछ सतहको माटोमा

प्रति खाडल १० के.जी. कुहीएको कम्पोष्ट मल तथा माटो भित्र बसी नोक्सान पु¥याउने किरा मार्न प्रति खाडल ग्राम ल्कोरोपाईरीफस समेत मिसाई खाडल पुरेर बीचमा किला गाडी छाड्नु पर्दछ खाडल पुर्ने समयमा सतह भन्दा १०१२ से.मी. अग्लो बनाउनु पर्दछ

बिरुवा रोप्ने

महिना अगाडी पुरेर राखेको खाडलमा प्रति खाडल विरुवा त्रिकोण आकारमा बिरुवा रोप्नु पर्दछ यो तरीका अपनाउँदा बिरुवा मरेर खाडल रित्तो हुँदैन बिरुवालाई १० से.मी. सम्म गहिरो गरेर बिरुवा रोप्नु उपयुक्त हुन्छ धेरै गहिरोरोप्दा जरा पाना कुहिने, बोट पहेँलिने सम्भावना रहन्छ बिरुवा रोपिसकेपछि बीचमा किला गाडेर हल्का सित बांध्नु पर्दछ जसले गर्दा बिरुवा वर्षाद वा हावाले ढल्दैन विरुवा रोप्नु भन्दा अगाडी विरुवा तयारी गर्नु पर्दछ बिरुवा तयारी गर्दा टुप्पाको पात केही भाग छांटी छोटो पार्नु राम्रो हुन्छ रोप्ने बिरुवामा निम्न गुणहरु हुनु अनिबार्य हुन्छः

प्रत्येक बिरुवामा पाना एक दुई वटा जरा हुनु पर्छ

बिरुवाको उचाई २०२५ से.मी. भएको, टुप्पो काटेको हुनु पर्छ

सकेसम्म बीउबाट तयार पारेको, रोगरहित क्षेत्रकोलगाउनुपर्छ

बिरुवा रोप्ने समय

मनसुनी वर्षा शुरु हुने समय नै अलैंची लगाउने उतम समय हो हरेक वर्ष मनसुन शुरु हुने समय फरक हुन सक्दछ तापनि सामान्य रुपमा जेठको अन्तिम हप्ता देखि श्रावण महिनाको दोश्रो हप्तासम्म अलैची बिरुवा रोप्ने उत्तम समय मानिएको यस भन्दा ढिला गरी रोपेको बिरुवाको मृत्यु दर बढदै जान्छ असार १५ सम्म रोपेको बिरुवाले सोही बर्षको भदौ महिना सम्ममा नयां टुसा दिन थाल्दछ भने यस भन्दा पछि सारेको बिरुवामा टुसा आउन अर्को बर्षको भदौ महिना सम्म पर्खनु पर्दछ फल स्वरुप उत्पादन लिन पनि एक बर्ष पछि ढिला हुन जान्छ

छाहारी व्यवस्थापन

अलैंची छायाँप्रिय ९क्जबमभ(यिखष्लन० तथा बढी पानी चाहिने बाली भएतापनि बढी उचाई, उत्तरी मोहडा छाहारी भएको स्थानमा अलैंची खेती बिना सिँचाई पनि गर्न सकिन्छ छहारीको लागि चाँडो बढ्ने, टुप्पा तिर झुप्पो तलतिर खुल्ला रहने, पात बाह्रै महिना झरिरहने चाँडो कुहिने, चिस्यान सेपिलो ठाउमा चाँडो हुर्कन बढ्न सक्ने, नाईट्रोजन स्थिरीकरण ९ल्ष्तचयनभल

 ष्हबतष्यल० गर्ने बोटबिरुवाहरु चाहिन्छ सिरीश, सउर, मलातो, धूपी, क्यामुना आदिका बोटहरु छहारीका लागि उपयुक्त पाइएको

गोडमेल

अलैंचीमा मनसुन वर्षा सुरु हुनासाथ झार, बुट्यानहरु प्रशस्त आउँछ झार बुट्यानले खाद्यपदार्थमा प्रतिस्पर्धामा गर्नुका साथै रोग कीराहरुलाई

बासस्थान प्रदान गर्दछ तसर्थ बर्षा शुरु हुनासाथ झारपात हटाउने पानी निकासको प्रबन्ध मिलाउनु पर्दछ ।अलैचीको झा·मा फल्ने नफल्ने प्रकारको लाक्रा हुन्छन् नफल्ने लाक्राको पात, गुभो सुइरो हुंदैन यस्ता नफल्ने प्रकारका लाक्रा हटाउनु पर्दछ श्राबणभाद्रमा देखा पर्ने टुंसाहरु समेत हटाउनु पर्दछ एकपटक फलिसकेको डांठ÷लाक्रा पनि हटाउनु पर्ने हुन्छ अर्को बर्ष यसबाट फल

लाग्दैन अलैचीको झा·मा लत्रिएका, भाच्चिएका, रोग कीराले असर गरेका भागहरु समेत हटाई दिनु पर्दछ फल लागेका लाक्राहरुलाई फल पाक्नु एक महिना अगावै सतहबाट एक फुट (२५ देखि ३० से.मी.) माथी काटी हटाउनु पर्दछ यसरी लाक्रा हटाउने विधिलाई नस्ल वा नल हान्ने भनिन्छ। यसरी अगाडी बोट लाक्रा काटेमा फल÷थु· काटन सजिलो हुन्छ अलैची बगानको अबस्था हेरी वर्षको पटक सम्म गोडमेल गनु पर्दछ

() पहिलो गोडाई (अलैची टिप्ने बितिक्कै) – फलिसकेका लाक्रा, सुकेका

पात, झार बुट्यान हटाउने माटोबाट उत्रेका पानालाई उकेरा दिने

() दोश्रो गोडाई (पूmल्ने समय माघफागुणमा) – पात पति· हटाउने।

() तेश्रो गोडाई (पूmलेको अवस्था चैत्रबैशाखमा) – पूmलमा परेका पात पति·, भाचिएका हांगा बिंगा हटाउने।

() चौथो गोडाई (फल लागे पछि जेष्ठआषाढमा) – झार, बोक्रा, लाक्राहटाउने, पानीको निकासको व्यवस्था गर्ने

() पाँचौ गोडाई (फल टिप्नु एक महिना अघि श्रावणभाद्र) – फलेको

लाक्राको टुप्पो, थारा, लाक्रा हटाउने काटने

सिँचाई

सिँचाईको आवश्यकता जमिनको मोहडा, छापो, छहारीको व्यवस्था रप्राकृतिक वर्षाले निर्धारण गर्दछ अलैंची बालीको लागी जेष्ठआषाढबाटभाद्र महिनासम्म सिँचाईको त्यति आवश्यकता पर्दैन किनकी यस समयमाप्राकृतिक वर्षा भईरहन्छ बाँकी अन्य समयमा तपसिल बमोजिम सिँचाई दिईरहनु पर्दछ

जेष्ठअश्विन प्राकृतिक वर्षा

कार्तिकमाघ महिनाको पटक (कम्तिमा १० दिनको पटक)

फाल्गुणजेष्ठ महिनाको पटक भन्दा बढि (हप्ताको पटक)

कार्तिक देखि माघसम्म अगाडीको वर्षाले गर्दा केहि चिस्यान कायम भएको हुन्छ बिरुवाको पाना आंखाको विकासको लागी चिस्यान आबश्यक पर्दछ फागुणबाट जेष्ठ सम्म पूm, फल विकसित हुने समयमा बढिसुख्खा हुने समय भएकोलेबढि सिँचाई गर्नु आवश्यक हुन्छ

/f]ux?

) पातको सडन यो रोग ढुसीबाट हुने गर्दछ यो रोग साना बिरुवामा विशेष गरी नर्सरी ब्याडमा बढी लाग्छ यो रोग वर्षायाममा फैलिन्छ

रोकथाम वर्षा सुरु हुना साथ प्रतिशत बोर्डाेमिक्सर छर्न सुरु गरी १५ दिनको अन्तरमा ३पटक छर्नुपर्छ

) गानो कुहिने रोग यो रोग ढुसीबाट हुने गर्दछ यो रोग अलैंची नर्सरी बगान दुवैमा देखा पर्न सक्छ रोगको प्रकोप बढी भएमा गानो पुरै कुहिन्छ बिरुवा ओइलाउँदै पुरै मर्दछ

रोकथाम बिरुवा वरिपरि पानी जम्न दिनु हँुदैन रोप्नु अगावै ढुसी नाशक विषादिले गानोमा बिरुवाको उपचार गर्नुपर्दछ

) फुर्के रोग यो रोग भाइरसबाट हुने गर्दछ यो रोग लागेपछि नियन्त्रण गर्न निकै कठिन हुन्छ यो रोग लागेपछि डाँठ पातहरूको आकारप्रकारमा भिन्नता देखिन थाल्छ यो रोगको विषाणु फुर्के भाइरस मुख्य रुपले केराको लाही किराले सार्दछ

रोकथाम रोगका लक्षण देखिएमा बिरुवा गानो सहित उखेली गाड्ने या जलाउने गर्नुपर्छ रोग सार्ने लाही किरा नियन्त्रण गर्नुपर्छ

) छिर्के रोग यो रोग पनि भाइरसबाट हुने गर्छ रोगको लक्षण सबैभन्दा पहिला कलिला पातहरूमा देखा पर्दछ पातहरूमा पहेंला छिर्काहरू देखा पर्दछ रोग बढ्दै जाँदा पात सुक्दै जान्छ

रोकथाम रोगका लक्षण देखिएमा बिरुवा गानो सहित उखेली जलाउनु पर्छ लाही किरा नियन्त्रण गर्न विषादी प्रयोग गर्नुपर्छ

ls/fx?

) झुसिल किरा वा पात खाने किरा अलैंचीमा लाग्ने किराहरू मध्ये यो बढी हानी पु¥याउने किरा हो नियन्त्रणको लागि नुभान नामक विषादी एक मि.ली. प्रति लिटर पानीमा मिसाई फूलमा नपारी पातमा पर्ने गरी छर्नुपर्छ

 ) गबारो किरा गबारोको प्रकोप देखिन थालेको जग्गामा हिउँदमा अलैंची बारी गोड्दा माटोमा फ्यूराडन नामक विषादी . कि.ग्रा. प्रति रोपनीका दरले बिरुवाको वरिपरि लगाउनु पर्दछ

) लाही किरा अलैंचीमा लाग्ने किराहरू मध्ये लाही किरा निकै खतरनाक किरा मानिन्छ यो किरा नियन्त्रणको लागि रोगर नामक बिषादि मि.लि. प्रति लिटर पानीमा मिसाई २० दिनको फरकमा छर्कनु पर्छ

अलैंची टिपाई सुकाई

अलैंचीको जात जग्गाको उचाई अनुसार फल पाक्ने समयमा भिन्नता पाइन्छ कम उचाईमा खेती

गरिने जातहरू श्रावणको अन्तिमदेखि असोज पहिलो हप्तासम्म, मध्य उचाइमा खेती गरिने जातहरू

आश्विन महिना अलैंची हुनसक्ने बढी उचाइमा लगाइने जातहरू कार्तिक महिनाको मध्यसम्म फल

पाकी टिपाई गरिन्छ फल पाकिसक्यो कि भनी छुट्याउन फल भित्रको बीउको रंगले निकै मद्दत

गर्दछ यदि बीउको रंग सेतो देखिएमा फल काँचै भन्ने बुझ्नुपर्छ तर फल छिप्पिदै गएपछि

बीउको रंग खैरो हुदै कालो बन्छ काँचो पाकेको फलको भिन्नता देखाउने

थुङ्गाबाट छोडाइ सकेका अलैंची दानाहरू सुकाइ हाल्नुपर्छ अलैंचीमा पानीको मात्रा ८०९० प्रतिशत

हुने हुँदा टिपाइपछि तुरुन्तै सुकाउन आवश्यक हुन्छ फलहरूमा बढीमा १३% पानीको मात्रा नभए

सम्म सुकाउँनु पर्दछ यदि ढिलो गरेमा अलैंची कुहिन थाल्दछ हालसम्म नेपालमा दुई प्रकारबाट

सुकाउने गरिएको

) घाममा अलैंची सुकाउने ) भट्टीमा अलैंची सुकाउने

आजकल बिजुलीबाट चल्ने उन्नत किसिमका ड्रयारहरूको पनि विकास गरिएको