अकबरे खुर्सानि खेति प्रविधि
परिचय
खुर्सानीको राजा मानिने अकबरे खुर्सानी अत्यन्तै पिरो र स्वादिलो हुन्छ । यसको उत्पतिबारे एकिन जानकारी नभएपनि अन्य खुर्सानी जस्तै मध्य अमेरिकाको मेक्सिकोमा भएको अनुमान छ । नेपालमा यसको आगमन कहिले र कसरि भयो भन्ने यकिन तथ्याङक नभएपनि भारतबाट त्यहाँ कामको सिलसलामा गएका नेपालीहरू वा भारतिय तिर्थयात्रीहरूले भित्राएको हुनसक्ने आङकलन गर्न सकिन्छ ।नेपालको पुर्वदेखि सुदुर पश्चिमको मध्य पहाडी भागमा यसको खेती गरेको पाइन्छ । विशेष गरि पुर्वी पहाडी जिल्लाहरूमा मात्र व्यवसायिक खेती गरेको पाइन्छ भने अन्य भागहरूमा घरायसी उपभोगको लागि मात्र उत्पादन गरेको पाइन्छ । ठाउअनुसार यो खुर्सानी विभिन्न नामले परिचित छ । नेपालको पुर्वी पहाडी भेगहरूमा अकबरे खुर्सानीको रूपमा परिचित यो खुर्सानी पश्चिमी भागमा भने डल्ले र ज्यानमारा खुर्सानीको रूपमा चिनिन्छ ।
हवापानि
खुर्सानि गर्मी र न्यानो मौसममा हुने वाली हो । तुषारो नपर्ने र न्यूनतम तामक्रम ५ डे।सी। भन्दा तल नजाने ठाँउमा हिउदे बालीको रुपमा गरिन्छ । तापक्रम १८ डि।से। र ३२ डि।से को बीचमा खुर्सानीको बृद्धि र विकास राम्रो हुन्छ । तर ३५ डि।से। भन्दा बढी तापक्रम भएमा फल लाग्दैन र १० डि।से। भन्दा कममा फलको आकार विग्रिन्छ । यसले तुषारो र धेरै चिसो पनि सहन सक्दैन ।
माटो
पानी नजम्ने चिम्टिाइलो दोमट माटो यसको लागि उत्तम हुन्छ । बलौटे माटोमा पनि यसको खेती गर्न सकिन्छ तर गोबर मल प्रशस्त राख्नु पर्दछ । माटोको पी।एच। ५।५। देखि ६।५ को हुनुपर्दछ ।
जातहरु
उन्नत जातको रूपमा पूसा ज्वाला, सूर्यमुखी, यात्सुफुसा, चन्द्रमुखी, जी–४, आदि ।
वर्णशङ्कर जातको रूपमा एनएस १७०१, एनएस १७११, कर्मा ७५७, कर्मा ७७७, आदि ।
जग्गाको तयारी
२–३ पटक राम्रोसंग खनजोत गरी डल्ला फुटाएर झारपात केलाएर जग्गा तयार गर्नु पर्छ । बेमौसमी उत्पादनका लागी भने बर्षाको मौसममा खेती गरिने भएकोले बर्षाको पानीवाट यसलाई जोगाउन र गुणस्तरीय उत्पादनको लागि प्लाष्टिको छानो बनाउनु आवश्यक पर्दछ । बर्षाको चिस्यानवाट जोगाउन जमिनको सतहभन्दा ३० से।मि। अग्लो ब्याड बनाउनु पर्छ ।
बाली लगाउने समय
तराई साउन९भदौ
पहाड मौसमीउत्पादन कार्तिक ९फागुन
बेमौसमी उत्पादन असार९ साउन
उच्च पहाड फागुन ९चैत्र
बीउदर
५०९७५ ग्राम प्रति रोपनी बिउको साथसाथै कटिङ लिएर पनि बेर्ना तयार गर्न सकिन्छ । पुराना बोटहरूको काँटछाट गर्दा निस्किएका हागाँबिगाहरूबाट कटिङ लिएर बेर्ना तयार गर्न सकिन्छ । यसरी कटिङ गर्दा दुर्इवटा गाठो अनिवार्य हुनुपर्दछ र जमिनमुनि गाड्ने भागलार्इ छड्के पारेर तथा जमिन बाहिरको भाग मुठार्ने गर्नुपर्दछ । रोप्नुभन्दा अगाडि अक्जिन पाउडर हल्का लगाएर छड्के पारि रोप्दा जरा चाँडो निस्केर धेरै र छिटो कटिङ तयार पार्न सकिन्छ ।
मलखाद
खुर्सानीको प्रतिवोट कम्पोष्ट १ के।जी। डी।ए।पी। १० ग्राम, पोटास ५ ग्राम युरिया १० ग्राम, जिंक १ ग्राम र बोरेक्स १ ग्राम प्रति बोट बेर्ना सार्नु भन्दा ७–८ दिन दिन पहिले जमिन तयार गर्ने बेलामा हरेक बेर्नाका लागि ९१ फिट ह १ फिट ह १ फिट० धन फिटको खाल्डो बनाई माटोमा मिसाएर खाल्डो भर्ने र मल दिए पछि माटो सुख्खा छ भन्ने हल्का सिंचई गर्नु पर्छ र विरुवा रापेको ३५–४० दिनको फरकमा अर्को पटक गरी दुई पटक हरेक बोटको वरिपरि युरिया ५–५ ग्रामका दरले औठी आकारबाट ५ से।मि। गहिरो कुलेसो बनाई मल दिने र माटोले पुरी सिंचाई गरिदिनु पर्छ ।
सिंचाइ र गोडमेल
सिंचाइ चिस्यान हेरेर जाडो याममा १५–२० दिनमा र गर्मी याममा८–१० दिनमा आवश्यकता अनुसार दिनुपर्छ । चिस्यान ज्यादै नसहने भएकोले निकासको व्यवस्थाले पनि त्यतिकै महत्व राख्दछ । झारपातलाई हटाउन,माटो खुकुलो पार्न तथा जरा छिटो बढ्नलाई आवश्यकता अनुसार गोडमेल गर्नुपर्छ ।बेर्ना सारेको ५०–६० दिनसम्म झारपातको राम्रोसित नियन्त्रण गर्नुपर्छ । साधारणतया हरेक टिपाइपछि जरालाई वाधा नपर्ने गरी गोडमेलगर्नुपर्दछ ।
खुर्सानीको मुख्य रोगहरू
पातको थोप्ले रोग
सुरूमा साना९साना गोला पानीले भिजेका जस्ता थोप्लाहरू पातमा देखिन्छन्, जुन पछि काला दागमा परिणत हुन्छन । थोप्लाहरू हागाँमा, फलको भेट्ना र फुलको भेट्नामा पनि बढ्दै जान्छ । रोकथामको लागि स्वस्थ बीउको प्रयोग गर्ने वा बेभिस्टिन ०।२५ ले बीउको उपचार गर्नुपर्दछ । डाइथेम९एम ४५ वा ब्लाइटेक्स९५० विषादीलार्इ ३ ग्राम प्रतिलिटर पानीका दरले १५ दिनको फरकमा २९३ पटक छर्नु पनि सकिन्छ । यी विषादीहरू छरेपछि कम्तीमा १५ दिनसम्म फल खानको लागि प्रयोग गर्नु हुदैन । ३९४ वर्षमा घुम्ती बाली लगाउनु पनि उपयुत्त हुन्छ ।
डढुवा रोग
वर्षा मोसममा यो रोगको संक्रमण बढी देखिन्छ । पात तथा फलमा शुरूमा खैरो र पछि काला दागहरू देखा पर्दछन् । यसपछि फलहरू झर्दछन्, पातहरू डढे जस्ता हुन्छन् । यसको रोकथाम पनि थोप्ले रोगको जस्तै गरि गर्न सकिन्छ ।गुजुमुजे भाइरस रोग पातहरू गुजुमुजे र छिरेबिरे रगँका हुन्छन् । लाही किराले यो रोग सार्ने हुदाँ यो किराको नियन्त्रण गर्नुपर्दछ । रोगी बोट हटाउने र नियमित रूपमा नुभान इस्प्रे गरि लाहीको नियन्त्रण गरि यो रोगको रोकथाम गर्न सकिन्छ ।
खुर्सानीको मुख्य किराहरू
थ्रिप्स
यस कीराका माउ र बच्चाले पातमा कोत्रेर रस चुस्दछन् र कोत्रेको ठाउँमा खैरा धब्बाहरू देखिन्छन्। उस कीराको आक्रमण धेरै भएमा पात खुम्चिने र विरूवा नबढ्ने हुन्छ। रोकथामको लागि नुभान १ एम।एल प्रतिलिटर पानीमा राखेर छर्न सकिन्छ । लगातार ५ दिनको फरकमा ३ पटक नुभानको इस्प्रे गरिसकेपछि ५ दिनसम्म फल टिपेर खानको लागि प्रयोग गर्नु हुदैन । बि।टी। मा आभारित वा नीममा आधारित किटनासक विषादी पनि प्रयोग गर्न सकिन्छ ।
फेद कटुवा
यसको लार्भाले कलिला विरूवालार्इ फेदबाट काटेर ढालिदिन्छन् । दिनको समयमा जमिनमुनि अथवा नजिकै झारमा लुकेर बस्ने यो किराले रातिमा मात्र विरूवालार्इ नोक्सान पार्दछ । त्यसैले खेतबारीमा सरसफाइको विशेष ध्यान दिनुपर्दछ र खेतबारीमा झारको थुप्रो वा किरा लुक्ने स्थान भए नष्ट गर्नुपर्दछ । काटिएका विरूवाको वरिपरि कोट्याएर कीरा खोजेर मार्नपनि सकिन्छ । बेर्ना सार्दा २ के।जी। मालाथियन धुलो प्रति रोपनीको दरले माटोमा मिसाउने गरेमा पनि यसको प्रकोप कम गर्न सकिन्छ । मेटाराइजिएम २ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्न पनि सकिन्छ ।
गवारो
यसले फलमा प्वाल पारेर गुदी खार्इ नोक्सान पार्दछ । यसको रोकथामको लागि थ्रिप्समा जस्तै उपाय अपनाउन सकिन्छ । ट्राइको कार्डको पनि प्रयोग गर्न सकिन्छ ।
फल टिपाइ तथा उत्पादन
खुर्सानीले बेर्ना रोपेको ६०–८० दिनमा फल लाग्न सुरुगरेपछि लगातार २–४महिनासम्म टिप्न सकिन्छ तल्लो भागको फल टिप्न लाग्दा माथिल्लो भागमाफूल फुलिरहेको हुन्छ रपनि लाग्दै जान्छ ।त्यसकारण नियमित रूपमा फल टिप्नुपर्दछ । प्रत्येक टिपाइपछि बिरुवालाई काँटछाँट, गोडमेल, तथा सरसफाई र थप मलजल गर्नुपर्दछ । साथै रोग कीराको अवस्था हेरी विषादीछर्नुपर्दछ । साधारणतया अकबरे खुर्सानीको उत्पादन ठाउँ, मौसम र जातअनुसार भदौदेखि कार्तिकसम्म मौसमी र मंसीर देखि साउनसम्म बेमौसमी वा प्लाष्टिक घरमा लिन सकिन्छ । राम्रो स्याहार सुसार तथा व्यवस्थापनमा प्रति रोपनी ३०० देखि ८०० किलोसम्म उत्पादन लिन सकिन्छ । अधिकतम् मात्रामा प्रति रोपनी रु।४००० देखि ५००० सम्म उत्पादन खर्च लाग्दछ । हालको बजार दर प्रतिकिलो रु। १५० देखि २०० ले रु। ४५,००० देखि ७०,००० सम्म आम्दानी हुन्छ ।