eOFs6x/ v]tL k|ljlw
kl/ro
eOFs6x/ ljIfs} k|dv Jofkfl/s Pj+ cf}wf]lus kmnx?dWo] Ps dflgG5 . o;sf] pTklt a|lhnsf] dWo blIf0f अर्थात पराग्वेमा भएको अनमान छ। उष्ण प्रदेशीय वाली भए तापनि छयादर ओसिलो हावापनि मन पराउने हुदा उपाष्ण हावापनिमा पनि यसको खेति गर्न सकिन्छ । विक्ष्रमा भुइँकटहर उत्पदन गर्ने प्रमुख देशहरुमा हवाई द्धीपसमुह ,फिलिपिन्स, थाइल्याण्ड ,ब्रजिल ,घाना, र भारत पर्दछन ।
हावापानी
भुइँकटहरलाई उष्ण फल भनिए तापनि यसको उत्पादन उपोष्ण हावापानीमा पनि त्यत्तिकै राम्रो हुन्छ । यसलाई समुन्द्री सतहदेखि १५०० मिटरको उचाइसम्ममा खेती गर्न सकिन्छ । २१०–२३० सेल्सियस तापक्रम यसको लागि उत्तम मानिन्छ । तर पनि १५.५ देखि ३२.५ सेल्यिससम्मको तापक्रममा यसको खेती सफलताका साथ गर्न सकिन्छ । तुषारो नपर्ने तर मन्द चिसो रात भएमा फलको गुणस्तर राम्रो हुन्छ । भुइँकटहरले अलिअलि छायाँ मन पराउँदछ । तर घाम नै नपर्ने ठाउँमा भने उत्पादन ]हुँदैन । पातका कोषिकामा पानी जम्मा गरेर राख्न सक्ने क्षमता भएको हुँदा यो फलले
गर्मी सुक्खा हावापानी पनि सहन्छ । ५१ देखि ५०० से.मि. सम्म वार्षिक पानी पर्ने ठाउँमा यसको खेती सफलताका साथ गर्न सकिन्छ । वार्षिक सालाखाला १५० से.मि.
वर्षा ठीक मानिन्छ । समुन्द्री सतहदेखि जति उचाइ बढदै गयो उति नै अमिलोपन बढी र गुलियो पन कम हुन्छ र फलको आकार पनि सानो हुँदै जान्छ । भुइँकटहरले शीत संकलन गरी उपयोग गर्ने हुँदा शीत पर्ने सुक्खा हावापानी पनि यसले सहन सक्दछ ।
माटो
पानी नजम्ने बलौटे दोमट र बढी ऊर्वरशक्ति भएको माटो भुइँकटहर खेतीको लागि उपयुक्त मानिन्छ । माटोको किसिमभन्दा पनि निकासको ब्यवस्था हुने अति आवश्यक छ । माटोमा क्याल्सियम, म्याङ्गनिज र फलामको मात्रा बढी भयो भने बिरूवाको लागि हानिकारक हुन्छ । गह्रौं माटोमा बढी फल उत्पादन पाउन सकिन्छ भने हल्का माटोमा उत्पादन गरीएका फल बढी स्वादिला हुन्छन् । पानी जम्ने धेरै कडा माटोमा
यो वाली राम्रो हुँदैन । यसको खेती लागि माटोको पि. एच. ५.५ देखि ६.५ उत्तम मानिन्छ ।
नेपालमा प्रचलित जातहरु : स्जायन्ट क्यु, क्विन, मौरिसस , स्पेनिस
फल प्रसारण विधि
फल पाकेपछि फलको शिरमा निस्केका बिरुवा क्राउन
फलको फेदतिरका भागबाट निस्केका बिरुवा९स्लिप
विरुवाको काण्डभन्दा मुनि माटोबाट निस्केका बिरुवा सकर बाट नयाँ बिरुवा उत्पादन गर्न सकिन्छ। यसरी प्रसारित बिरुवाले लगभग २(३ वर्षमा उत्पादन दिन थाल्छ।
भुइँकटहर रोप्ने उपयुक्त समय वर्षायामको शुरू वा अन्त्यतिर हो।
मलखाद
४० टन फल उत्पादन हुँदा माटोबाट करिब १२३ किलो नाइट्रोजन ३३ किलो फस्फोरस र ३०८ किलो पोटास फलले लिने गर्दछ यसबाट यो थाहा हुन्छ कि भुइँकटहर उत्पादनको लागि नाइट्रोजन र पोटासको बढी आवश्यकता पर्ने रहेछ । बगैँचामा कति मलखाद हाल्ने भन्ने कुरा बगैँचाको मलिलोपन र बिरूवाको उत्पादन क्षमतामा भर पर्दछ । अन्न वालीहरू उत्पादन गरेको जग्गामा भुइँकटहर लगाउनु
परेमा ६०० किलो नाइट्रोजन ४०० किलो फस्फोरस र ६०० किलो पोटास र ५०– ६० गाढा गोबर मल एउटा वालीको लागि हाल्नु पर्दछ । मलहरू दिंदा गोबर मल पूरै, आधा भाग फस्फोरस, पोटास र एक चौथाइ भाग नाइट्रोजन सुरूमा दिनुपर्दछ । फस्फोरस र पोटास मलको बाँकी आधा भागलाई र नाइट्रोजनको दुई चौथाइ भागलाई १ वर्षको अन्तरालपछि दिनुपर्दछ । त्यसको ५–६ महिनापछि नाइट्रोजनको बाँकी एक चौथाइ भाग दिनुपर्दछ । बिरूवा लागाईसकेपछि मलखाद दिँदा कुलेसो बनाएर वा औंठी आकार बनाएर दिई उकेरा दिनुपर्दछ । औंठी आकार बनाएर दिँदा प्रतिबिरूवा
१२–२६ ग्राम एमोनियम सल्फेट, २–४ ग्राम सुपर फक्फेट, र ८–१० ग्राम युरेट अफ पोटास मिलाएर दिनुपर्दछ । पुनः नाइट्रोजन मल दिदा यसै तरिका अनुसार दिनुपर्दछ । यदि खुटिवाली लिने भएमा वाली लिइसकेपछि सकरहरू छाँटेर आँधा भाग सुरूमा र आधा भाग पसाउने समय दिनुपर्दछ । नाइट्रोजन मललाई ३–४ पटक गरेर दिन सकिन्छ । नाइट्रोजन तŒव एमोनियम सल्फेटद्वारा दिएमा बढी उपयोगी हुने सावित भएको छ । बलौटे र अम्लीय माटोमा म्याग्नेसियम, वोरन र फलामको कमीदेखिने ठाउँमा म्याग्नेसियम ०.६४ ग्राम वोरन ०.२४ ग्राम फलाम ०.६४ ग्राम प्रति बिरूवाका दरले दिनुपर्दछ । फलाम र म्याग्नेसियम कमी भएमा पातहरू पहेलिन्छ र मलखाद नपुगेको लक्षण देखाउँछन् वोरनको कमी भएमा नयाँ पातहरूको टुप्पो मर्ने गर्दछ । यी तŒवहरूको कमी हुने ठाउँमा यिनीहरू प्रयोग गर्नले उत्पादनमा राम्रो वृद्धि गर्न सकिन्छ । मलखाद दिदा वर्षायामको शुरू वा अन्तमा दिनुपर्दछ ।
सिंचाइ
भुइँकटहरलाई सिचाइ बिना नै खेती गरेको पाइन्छ । यसको पात बाक्लो हुने हुँदा पातले प्रशस्त पानी जम्मा गरेर राख्दछ । माटोमा २५ प्रतिशतमात्र प्राप्त हुन सक्ने पानी भए पनि भुइँकटहर खेती राम्रोसँग गर्न सकिन्छ । भुइँकटरहरले प्रकाश संश्लेषणबाट खाना बनाउने काम रातमा गर्दछ। दिनमा सूर्यको प्रकाशबाट शक्ति संचय गरी राख्दछ । रातमा हावाबाट कार्वनडाइअक्साइड लिई दिउँसो जम्मा गरेको शक्ति प्रयोग गरी खाना वनाउँछ । दिउँसो चर्को घाममा स्टोमेटा बन्द हुने हुँदा पानीको खर्च कम हुन्छ दिनमा प्रकाश संचय गरी रातमा खाना बनाउने
बिरुवालाई बिरुवा भन्दछन् । यो कम पानीमा पनि हुन सक्ने बिरुवाको विशेषता हो । ज्यादै गरम र सुख्खा ठाउँमा १०–१५ दिन बिराएर सिंचाइ गरे राम्रो हुन्छ । सिंचाइको सुविधा भएमा मल दिएपछि सिंचाइ दिनुपर्दछ ।
. वाली ब्यवस्थापन
झारपातको नियन्त्रण नै भुइँकटहर खेतीको महत्वपूर्ण काम हो । झारपात नियन्त्रर्णको लागि मात्र कुल खर्चको ४० प्रतिशत लाग्दछ । भmारपातको नियन्त्रण र राम्रो हेरचाह नगरेमा कम उत्पादन हुन्छ । भुइँकटहरका मुख्य भmारहरू काँस कुस, सिरु, दुवो मोथा आदि पर्दछन् । यी झारपातलाई हातले उखेलेर वा झारनाशक औषधिहरू छरेर नियन्त्रण गर्न सकिन्छ । विभिन्न झार नियन्त्रण रसायनमध्ये
मोनोयुरन २ किलो प्रति ९० लिटर पानीमा मिलाएर प्रतिहेक्टरका दरले छर्ने अथवा सिमाजीन, डाइयुरन १० किलो प्रतिहेक्टर अथवा ब्रोमासिल ४ किलो प्रतिहेक्टरका दरले छरेर झारपातलाई नियन्त्रण गर्न सकिन्छ । सुरुसुरुमा छापो (ःगअिजष्लन) हालेर पनि भmारपातलाई राम्रोसँग नियन्त्रण गर्न सकिन्छ । भुइँकटहरको बिरुवा वृद्धि भएर ठूलो भएपछि यसको ओतले झारको वृद्धिलाई रोक्दछ । विकसित
देशहरूमा विटुमिनाइज्ड पेपर तथा कालो पोलिथिनलाई मल्चिङको रुपमा व्यापक प्रयोग गरिन्छ । यसले मोटालाई न्यानो राख्नको साथै झारपात नियन्त्रण, सूक्ष्म खाद्य तत्वहरूको चुहावटको नियन्त्रण र स्तरीय फल प्रदान गर्दछ । २५– ५० प्रतिशत टन बढी फूल उत्पादन दिन्छ । भुइँकटहर आफै अन्तरवालीको रुपमा प्रयोग गरीने वाली हो । यसलाई आँपजस्ता वालीमा अन्तरवालीको रुपमा लगाइन्छ भने कफी, मेवा नरिवल, केरा इपिल इपिलसँग मिश्रित वालीको रुपमा खेती पनि गरिन्छ। भुइँकटहर छाया मन पराउने बिरुवा भएको हुँदा यसलाई अलिअलि छाया पर्ने वालीसँग लगाउनु राम्रो हुन्छ ।भुइँकटहरलाई बढी खाद्य तत्वहरूको आवश्यकता पर्ने हुँदा मिश्रित लिँदा मलखादको मात्रालाई ध्यान दिुन पर्दछ। खुटिवाली लिने भएको खण्डमा उत्पादन लिइसकेपछि सकरहरूलाई छाँट्नु पर्दछ । एउटा बोटको तल बढीमा २ वटासम्म सकर राख्न सकिन्छ । साना लत्रेका र रोग लागेका मसिन् सकरहरूलाईहटाई स्वस्थ र हुर्किसकेका सकरहरूलाई राखी मल र उकेरा दिनुपर्दछ ।
/f]ux?
गुब्रो कुहिने रोग
यो रोग Phyotptparasiticahora नामक ढुसीबाट हुन्छ । माटोमा राम्रोसँग हावा नखेल्ने र पानी राम्रो निकास नभएको ठाउँमा यो रोगको प्रकोप बढी हुन्छ । पातहरू पहेँलिदै जानु, टुप्पा र छेउमा खैरो कालो हुनु, गुभो विस्तारै तान्दा पनि थुत्त आउनु, पातको फेदबाट कुहिनु, गन्हाउनु र जरा कहिनु यस रोगका मुख्य लक्षण हुन् ।यो रोगबाट बच्नको लागि बगैँचामा राम्रो पानीको निकासको ब्यवस्था हुनुपर्दछ । रोगमुक्त बिरूवाहरू लगाउनु पर्दछ । बिरूवाको गुभोमा माटो पर्नु हुँदैन । रोप्नु अघि बिरूवालाई वोर्डोमिमिक्चर, क्याप्टान वा डाइफोलाटनको घोलमा डुबाएर मात्र रोप्नु पर्दछ ।
फल कुहिने रागे
यो रोग Ceratostomella paradoxaनामक ढुसीको आक्रमणबाट हुन्छ । फलहरू बाहिरबाट राम्रा देखिए तापनि फल भित्रको गुदीमा काला दागहरू रहेका हुन्छन् । पहिला गुदी कुहिन शुरू हुन्छ । भुइँकटहरहरूलाई शीत भण्डारण गर्दा यो रोगको प्रकोप बढी भएको पाइन्छ । यो रोगबाट बच्नको लागि फलको भेट्नालाई १० प्रतिशतको बेन्जोइक एसिडला तयार गरेर
त्यसमा डुबाउनु पर्दछ । बिरूवा लगाउनु अघि बिरूवाको भागलाई ढुसीनाशक औषधीले उपचार गरेर लगाएमा यो रोगको प्रकोपलाई कम गर्न सकिन्छ ।
पातको थोप्ले रोग
यो रोग पनि Phytophthora spp ढुसीहरूबाट हुने गर्दछ । बढी ओसिलो र गरम ठाउँमा यसको प्रकोप बढी हुन्छ । रोग लागेका पातहरूमा सानासाना थोपा जस्ता दागहरू देखा पर्दछन् । पछि दागहरू बढदै जाँदा पातको रोग ग्रसित भाग नै सुक्न थाल्दछ । यो रोग नियन्त्रण गर्नको लागि बिरूवालाई लगाउनुअघि बोर्डेक्स मिक्चर अथवा कुनै तावायुक्त ढुसीनाशक औषधिमा डुबाएर रोप्नु पर्दछ ।
गुच्छे रोग
यो कुनै प्रकारको रोग होइन तर कहिलेकाहीँ एउटा मात्र क्राउन आउनुपर्ने ठाउँमा धेरै क्रउनहरूको विकास हुन्छ । तुलनात्मक रूपमा बढी मलिलो ठाउँमा यस प्रकारको समस्या भएको बताइन्छ । तर नेपालको हावापानीमा भने यो समस्या धेरै कम पाइएको 5 .