माछा पालन माछा पालन
परिचय
कुनै पनि राष्ट्रको विकासका लागि स्वस्थ जनशक्ति तथा उपलब्ध प्राकृतिक श्रोत साधनको उपयोग आवश्यक हुन्छ । स्वस्थ जनशक्तिको उत्पादनका लागि पोषणयुक्त आहाराको महत्वपुर्ण योगदान हुन्छ । प्रोटीन शारिरीक तथा मानसिक विकासका लागि अपरिहार्य पोषक तत्व हो । सामान्य मानिसलाई ४५ ग्राम प्रोटीन प्रति दिन आवश्यक पर्दछ जसको एक तिहाई भाग प्राणीजन्य श्रोतबाट प्राप्त हुनु पर्दछ । यसप्रकार करिब ५।५ किलो प्रोटीन प्रति व्यक्ति प्रति वर्ष आवश्यक हुन आउँदछ । माछा सर्वोत्तम एवं सस्तो प्राणी प्रोटीनको रुपमा विश्वभरी नै प्रख्यात छ । कुनै राष्ट्रले माछाबाट नै प्राणी प्रोटीनको आवश्यकता पुरा गर्न चाहन्छ भने त्यहाँ माछाको उपलब्धता करिब २८।५ के।जी। प्रति व्यक्ति प्रति वर्ष आवश्यक हुन्छ । नेपाल प्राणी प्रोटीन आपुर्तिमा निकै कमजोर राष्ट्र हो । यहाँको कुल आवश्यकताको करिब ५० प्रतिशत मात्र परिपुर्ति हुन सकिरहेको छ जसमा मत्स्यको योगदान २० प्रतिशत मात्र छ । नेपालमा माछाको उत्पादन करिब २।७ के।जी। प्रति व्यक्ति प्रति वर्ष मात्र छ । जबकि विकसित मुलुकहरुमा यसको उपयोग २८ के।जी प्रति व्यक्ति प्रति वर्ष छ भने विकासशीलल राष्ट्रहरुमा करिब १।१ के।जी। प्रति व्यक्ति प्रति वर्ष रहेको छ ।
मत्स्य प्रोटीन अन्य प्रोटीनको तुलनामा अधिक पाचनयोग्य तथा एमिनो एससिडको मात्रा मानव शरिरलाई आवश्यक अनुपातमा रहेको हुँदा यसको पुर्ण उपयोग हुने गर्दछ, साथै माछामा ओमेगा ३, फ्याट्टी एसिड अधिक मात्रामा उपलब्ध हुने भएको हुँदा यसलाई स्वस्थकर मासुको रुपमा चिकित्सकहरुद्वारा प्रमाणित गरिएको छ । यसैकारणले गर्दा प्रेशर, कोलेस्ट्रोल, मुटुका बिरामीहरुले समेत यसको सेवन गर्न सक्दछन्, खासगरी गर्भावस्थामा माछाको अधिक सेवन गर्दा शिशुको बुद्धि तिक्ष्ण हुनुका साथै स्वस्थ तथा निरोगी हुन्छ तथा यसको नियमित सेवनले विभिन्न रोगहरुबाट बचावट गर्नका साथै तिक्ष्ण बुद्धि बनाउन एवं वृद्धावस्थामा भुल्ने लक्षणबाट समेत बचाई मानसिक एवं शारिरीक रुपले स्वस्थ जनशक्ति निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दछ, फलस्वरुप माछाको माग नेपाल लगायतका मुलुकहरुमा बढ्दै गई रहेको छ ।
माछाको उत्पादन दुई प्रकारले हुने गर्दछ ।
प्राकृतिक जलाशयहरुमा उत्पादन भई रहेका माछाहरुलाई समातेर
पानीको उपयोग गरि मत्स्य पालन गरेर मानविय विकास एवं प्राकृतिक कारणहरुले गर्दा प्राकृतिक जलाशयहरुबाट माछाको उत्पादन दिनानुदिन घट्दै जाने तसर्थ बढ्दो जनसंख्यालाई पोषणयुक्त आहारा उपलब्ध गराउन मत्स्य पालन अपरिहार्य हुन आउँदछ । खास गरि नेपाल जस्तो पानीको धनी देशमा पानीको समुचित उपयोगद्वारा मत्स्य पालनलाई निकै अगाडी बढाउन सकिन्छ ।
माछाका जातहरू
स्वदेशी जातका माछाहरूः नेपालमा करिब १८५ जातका माछाहरू पाइन्छन् जसमध्ये रहु, नैनी, भाकुरलाई व्यावसासिक रूपमा पालिन्छन् सहर, कत्ला, मागुर र हिले माछाहरूलाई पनि कृत्रिम जलाशयमा पनि पालन गर्न सकिन्छ । स्वदेशी जातका माछाहरूमा निम्न विशेषता पाइन्छः
पुरानो गहिरो पोखरीमा हल्लक बढनाले यस्ता पोखरीमा पालन गर्न उपयुक्त हुन्छन्,
ढिला बढ्छन् तर प्राक्रितिक आहारा खाएर पनि राम्रै हुर्कन सक्दछन्,
रागव्याधि सहने क्षमाता निक्कै राम्रो हुन्छ ।
निक्कै स्वादिलो तथा लोकप्रिय छन् ।
स्वदेशी जातका मुख्य माछाहरूः
क० रहुः यो माछा निक्कै स्वादिलो तथा लोकप्रिय जातको माछा हो । यसको शरीर लामो र डोलो खालको हुन्छ । शरीरभरि मध्यम आकारका कत्ला पाइन्छन् र कत्लाको रङ केही रातो हन्छ । यस माछाले एक कोसीय लेउ, प्राणीजन्य जीवाणु र सडेगलेको झारपात खान्छ । ढिलो बढ्छ र २–३ वर्ष पालेमा एक डेढ किलोको हुन्छ । यो माछा पुरानो गहिरा पोखरी तथा प्राकृतिक दहहरूमा चाँडो बढ्छ ।
ख० नैनीः यस जातको माछाको शरीर लामो माथिल्लो भाग खैरो तथा तल्लो भाग सेतो हुन्छ । शरीर भरी कत्ला पाइन्छ र आँखाको रङ सुनौलो देखिन्छ ।
ग० भाकुर, कत्लाः यस जातको माछाको शरीर केही चौडा र माथिल्लो भाग खैरो तथा पेट सेतो रङ हुन्छ । यसको शरीर भरी ठुलठूला कत्ला पाइन्छन् ।
विदेशी जातका माछाहरूः
विदेशी जातका माछाहरूलाई बोलचालको भाषामा विकासे माछा भनिन्छ । विकासे जातका माछाहरूको निम्न विशेषता हुन्छन्ः
ब अनुकूल वातावरण पाएमा यिनीहरू हल्लक बढी छोटो समयमा धेरै उत्पादन दिन्छन् ।
द पानीमा कम अक्सिजनरहेको अवस्थामा पनि बाँच्न सक्दछन् ।
अ पोथीले थुप्रै अण्डा दिन सक्ने र बच्चाहरू चाँडै वयस्क भई प्रजन्न कार्यको लागि सक्षम हुने गर्दछन् ।
म पोखरीमा उत्पादन भएका प्राकृतिक तथा थप कृत्रिम आहारा खुवाएर पालन गर्न सकिने ।
भ रोगव्याधि सहन्सक्ने क्षमता यिनीहरूमा राम्रो हुन्छ ।
ा पौष्टिक तथा स्थानीय व्यक्तिहरूले रुचाउने स्वाद भएको हुन्छ ।
विदेशी जातका मुख्य माछाहरूको विवरण
क० कमन कार्पः नेपालमा पालिने कमन कार्पहरूमा जर्मन कार्प, इजरायली कार्प र नेसिस कार्प मुख्य छन् । जीउ भरी कत्ला हुनेलाई जर्मन कार्प र कम कत्लाहुनेलाई इजरायली वा मिरर कार्प हुन्छ । यसको शरीर केही चेप्टिएको लाम्चो हुन्छ । ओठको दुवैतर्फ जुङ्गा हुन्छ । शरीरमा दुई जोडी पखेटाहरू कान र पेट नेर, र एक्लो पखेटा तीनवटा ढाड, मलव्दार र पुच्छर० मा पाइन्छ । यो माछा सर्वभक्षी भएकोले सूक्ष्म जीवाणु, कीरा, कुहिएको झारपात तथा कृत्रिम आहारा खाएर हुर्कन्छ । यो माछा २०–२५सेन्टिग्रेड तापक्रममा राम्रो फस्टाउँछ । पोखरीमा यो माछा एक वर्षमा एक डेढ किलो सम्मको हुन्छ । यो माछा बढीमा ५० सेन्टिमिटर लामो र १८ किलोसम्म वजन भएको पाइएको छ । नेसिस कार्पको शरीर केही चेप्टो र चौडा डल्लो खालकोे हुन्छ, जीउमा केही कम कत्ला हुन्छ र कत्लाको रङ्ग केही सुनौलो हुन्छ । पोखरीमा यो माछा एक वर्षमा तीन किलोसम्मको हुन्छ । अन्य बानी व्यहोरा कमन कार्प जस्तै हुन्छ ।
ख० सिल्भर कार्पः यसको पुरै शरीरमा ससानो चाँदी जस्तो टल्कने सेतो कत्ला हुन्छ । शरीर केही लाम्चो, चेप्टो र तल्लोभाग केही धारिलो हुन्छ । टाउको केही सानो र गोलो हुन्छ । यस माछाको गिलमा मसिनो जाली हुन्छ र पोखरीमा भएको वनस्पतिजन्य जीवाणु खाएर हुर्कन्छ । यो माछा २५–३० सेन्टिग्रेड तापक्रममा राम्रो फस्टाउँछ । पोखरीमा यो माछा एक वर्षमा एक डेढ किलो सम्मको हुन्छ । यो माछा बढीमा ५० सेन्टिमिटर लामो र ५० किलोसम्म वजन भएको पाइएको छ ।
ग० विगहेड कार्पः यसको टाउको ठुलो र लाम्चो भएकोले यसको नाम बिगहेड राखिएको हो । शरीरमा सिल्भर कार्प जस्तै ससाना कत्लाले ढाकेको हुन्छ ।
घ० ग्रास कार्पः यसको जीउ लाम्चो र केही डोलो खालको तथा टाउको चौडा हुन्छ । शरीरमा ठुलठुला एकनासका कत्लाहरू हुन्छन् । हुर्किएको माछाले पोखरीको झारपात र घाँस खान्छ ।
ङ० माँगुर माछा ९ऋबत९ाष्कज०ः कत्ला नभएको लामो लामो जुङा र विष डङ्क भएका स्थानीय जातका माँगुर रैथान जातका माछा हुन् । गिनीहरू हिले पानीमा तथा पानीमा थोरै अक्सिजन भएको अवस्थामा पनि बाँच्न सक्दछन् । यो माछा माँसाहारी हुन्छ र बढीम आधा किलोसम्म हुन्छ । हाल नेपालमा अफ्रिकन जातका हाइब्रिड माँगुर हाल निकै लोक प्रिय भैरहेका छन् । यो जातका माछा भान्साको उब्रेको आहारा तथा बुचरखानाको फालेका मासु आन्द्राभुँडी खाएर पनि बाँच्न सक्ने र सानो खाल्डोमा पनि पाल्न सकिने भएकोले नेपालको तराई तथा मध्य पहाडी क्षेत्रमा लोकप्रिय बन्दै गएको छ । यो माछा दस बार किलो सम्मको हुन्छ ।
च० रेन्वो ट्राउट
रेन्वो ट्राउ चिसो र सफा पानीमा हुर्कने ज्यादै स्वादिलो विकासे माछा हो । प्राकृतिक अवस्थामा यो माछा मांसाहारी हुन्छ तर कृत्रिम रूपमा पालन गर्दा उच्च स्तरको प्रोटिनयुक्त दाना खुवाएर यो माछालाई सफलतापूर्वक पाल्न सकिन्छ । यो माछा २०४५ सालमा जापानबाट आयात गरी त्रिशुली तथा गोदावरीमा पालन गरिएको छ । यो माछा १– २१ सेन्टिग्रेड तापक्रमा जीवित रहन्छ । माछाको वृद्धि तथा प्रजननको लागि पानीको तापक्रम १५ देखि १८ सेन्टिग्रेड र पानीमा अक्सिजनको मात्रा ७ मिलि लिटर÷ लिटर भन्दा बढी हुनु पर्दछ । यो माछालाई सफा तथा केही बग्ने पानी चाहिन्छ । माछालाई उमेर अनुसार आहारा खुवाउनु पर्दछ । साधारणतया साना भुरालाई ४० प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ६–७ प्रतिशतको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । त्यस्तै १० ग्रामभन्दा माथिका हुर्कदो भुराहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको ४–५ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । ५० ग्रामभन्दा माथिका माछाहरूलाई ३५ प्रतिशत प्रोटिन भएको दाना शारीरिक तौलको २–३ प्रतिशत दानाको दरले दैनिक रूपमा खुवाउनु पर्दछ । माछाको दाना पेलेट रूपमा बनाउनु पर्दछ । माछाको उमेर र खाने मुखको आकार अनुसार पेलेटको दाना बनाउनु पर्दछ ।
स्थल छनौट
गुणस्तरयूक्त पर्याप्त पानीको सुविधा उपलव्ध भएको । वर्षाको भरमा वा पानीको पर्याप्त सुविधा नहुँदा पोखरी सुक्ने डर हुन्छ ।
राम्रो माटो भएको स्थानमा १० ली.÷से. पानी नियमित उपलव्ध भएमा १५ कट्ठा सम्म माछापालन गर्न सकिन्छ ।
माटो उर्वरक तथा पानी अडाउन सक्ने हुनुपर्छ । यसका लागि दोमट चिम्ट्याईलो माटो सर्वोत्तम मानिन्छ ।
पालिने माछाको लागि हावापानी अनुकुल हुनु पर्दछ ।
पहिले देखि नै होचो वा अलि अलि भिरालो जमीन पोखरी बनाउन उपयूक्त हुन्छ भने बाढी पहिरो नलाग्ने क्षेत्र हुनु पर्दछ ।
उत्पादन सामग्री तथा उत्पादित सामग्रीको बजार जति नजिक हुन्छ त्यतिनै उत्पादन लागत कम लाग्दछ ।
हेरचाह तथा सुरक्षा गर्न सहज हुनु पर्दछ ।
पोखरी निर्माण
पोखरी पूर्व पश्चिम लाम्चो भएको बनाउनु पर्छ ।
पोखरी निर्माण गर्नु अघि पोखरीको डिजाइन बनाउनु पर्छ (गहिराई, डीलको बनोट, आदि) ।
रेखांकन गरी निर्माण गरिएको पोखरी राम्रो हुन्छ ।
पोखरी जति ठूलो बनाइन्छ लागत खर्च त्यतिनै कम लाग्छ ।
आयताकार पोखरी व्यवस्थापन गर्न सजिलो हुन्छ ।
बलियो तथा आकर्षक डील बनाउने तथा डीलको स्लोप घटीमा १ः१.५ कायम राख्ने ।
पानीको प्रवेशद्वार पानीको अधिकतम स्तरभन्दा माथी हुनु पर्ने ।
सकभर पोखरीको पानी सजलै बाहिर जान सक्ने गरि पोखरीको स्लोप तथा ड्रेन पाइपको व्यवस्थागर्नु पर्छ ।
पोखरीको गहिराई घटीमा ४ फिट पानी राख्न मिल्ने हुनु पर्छ ।
माटो काट्ने स्थान तथा डीलको विचमा पेटी राख्दा राम्रो हुन्छ ।
पोखरीको तयारी
बढी हिलो लेदो भएको (३० से.मी. भन्दा बढी) पुरानो पोखरी भए सो पोखरीलाई राम्ररी सुकाई बढी हिलो बाहिर निकाल्नु पर्दछ र पोखरीलाई जोतेर माटो पल्टाउनु पर्दछ ।
डीलहरु चेक गरी प्वालहरु भए टाल्नु पर्छ भने स्लोप बिग्रेको भए बनाउनु पर्छ ।
चुनको प्रयोग सामान्यतया १५ किलो÷कट्ठाका दरले गर्नु पर्दछ ।
पानी एकहप्ता भित्र भर्ने गरी व्यवस्था मिलाउनु पर्छ ।
१०० किलो÷कट्ठा गोबरमल तथा डिएपी १ किलो र युरिया १.५ किलो÷ कट्ठा आधार मात्राको रुपमा प्रयोग गर्नु पर्दछ ।
पानी भर्ने कार्य
पानी पठाउंदा जंगली माछाहरु नपस्ने गरी जालीबाट फिल्टर गरेर पठाउनु पर्दछ ।
निकासद्वारमा राम्ररी जाली राख्ने ।
डीले भन्दा आधी मिटर तल सम्म मात्र पानी राख्ने ।
पानीको न्युनतम गहिराई१.२ मिटर कायम राख्ने
माछाको जात तथा भुरा स्टकि·
सकभर समयमै नर्सरी पोखरीमा भुरा राख्नु पर्दछ ।
फाल्गुण–चैत्रमा कमनकाप; बैशाख–जेष्ठ–आषाढमा ग्रासकार्प, सिल्भरकार्प र विगहडकार्प; श्रावण–भाद्रमा रहु, नैनी र भाकुर जातका माछाका भुराहरु मत्स्य विकास केन्द्र र नीजि मत्स्य ह्याचरी तथा नर्सरीहरु माउपलव्ध हुन्छ ।
भुरा खरिद गर्दा भरपर्दो श्रोतबाट मात्र खरिद गर्नु पर्दछ ।
प्रति कट्ठा ३००–५०० गोटा निम्न अनुसार राख्दा उपयुक्त हुन्छ ।
माछा भुरा ढुवानी सितल समयमा गर्नु पर्दछ तथा माछा भुरालाई सोभैm पोखरीमा खन्याउनु हुंदैन ।केही बेर (१०–१५ मिनट) नयां वातावरणसंग घुलमिल गर्न दिनाका लागि भुराको प्याकलाई पोखरीको
पानीमा राखेर मात्र भुरा छाड्नु पर्दछ ।
स्वस्थ माछा मात्र पोखरीमा छाड्नु पर्दछ । सावधानीको लागि १ लि. पानीमा ५० ग्राम नुन घोली माछालाई डुबाई पोखरीमा छाड्नु पर्दछ ।
माछा भुरा सकभर एकैनासको हुनु पर्दछ ।
ठूलो भन्दा ठूलो भुरा राख्ने प्रयास गर्नु पर्छ
मलिलोपन जाँच
ठाउं अनुसार माटोमा उपलव्ध हुने पोषकतत्व फरक फरक हुने हुनाले मलखादको मात्रा पनि कम बेसी चाहिने हुन्छ । मलिलोपना हेरी मलखादको मात्रा र अवधिलाई निर्धारण गर्नु पर्दछ । पहिलो पटक मल
प्रयोग गरेको ४–५ दिन देखि नै मलिलोपन जांच गर्दै जानु पर्दछ । हातले मलिलोपन जांच गर्दा कुहिनोसम्म डुबाउंदा नङ देखिन छाड्यो भने मलखाद ठीक छ, हत्केला नडुब्दै नङ देखिन छोड्यो भने मलखादधेरै छ र कुहिनो भन्दा माथी सम्म डुबाउंदा नङ देखियो भने मलखादको कमी रहेको छ भन्ने बुझ्नुपर्दछ । सेचि डिस्कले नाप्ने हो भने २० देखि ४० से.मी. भित्रको पारदर्शिता उपयुक्त हुन्छ र यस्तो
जांचपानीको रंग हरियो भएमा मात्र उपयुक्त हुन्छ । घाम नलागेको बेलामा वा धमिलो पानीमा यो जांचलेठीक परिणाम दिंदैन ।
माछाको दाना तथा आहारा
माछाहरु मुख्य गरेर सर्वभक्षी जलचर प्राणी हुन् ्र यिनीहरु विषेशतस् पानीमा भएको वनस्पति तथा प्राणीजन्य जीवित वा सडेगलेका पदार्थहरु खाएर हुर्कने(बढ्ने गर्दछन् ्र यस्ता पदार्थहरु सुक्ष्म जीवाणुहरु देखि लिएर ठुल्ठुला जीव, बिरुवा तथा कृत्रिम दाना पनि हुन सक्दछन् ्र केहि माछाहरु मांशाहारी हुन्छन् र साना माछा वा अन्य जलचर प्राणीको सिकार गरेर खान्छन् ्र व्यावसायिक मत्स्यपालन गर्दा माछाको जात अनुसार तिनीहरुको प्राकृतिक आहारका साथै थप दानाको पनि व्यवस्था गरी अधिकतम उत्पादन लिइन्छ ्र
माछा उत्पादन व्यवसायमा करिब ४०(६० प्रतिशत लागत दानामै खर्च हुने गर्दछ ्र नाफामुलक मत्स्यपालन व्यवसायमा दानाको खर्च फार्ममा बिक्रि गरिने माछाको मुल्य को २० प्रतिशत भन्दा बढी हुनु हुँदैन ्र
माछाका लागि प्राकृतिक आहारा
पानीमा वनस्पतिजन्य सुक्ष्मजीवहरु (Phytoplankton) जस्तैस् लेउ Agae सिनेड्रा अल्ना (Synedra ulna), नाभीक्युला , फ्राजिलेरिया ९ँचबनष्बिचष्ब० आदि र प्राणीजन्य सुक्ष्मजीवहरु ० जस्तैस् कोनोचिलस , ट्राइकोसर्का , कालानोइडा , डाफनिया आदिका साथै पानीमा बस्ने क्रस्टासियन ९ऋचगकतबअभबल० प्रजातिका जीवहरु विशेषगरी गङ्गटा , झिंगेमाछा शंखेकिरा, जलीय झारपात आदि पाइन्छ ्र धेरैजसो माछाहरुको मुख्य आहारा नै पोखरीको पानीमा पाइने यिनै प्राकृतिक आहार हुन् ्र यि प्राकृतिक आहारले विभिन्न माध्यमबाट पोखरीको सम्पर्कमा आएर उत्पादन वृद्धि गर्न सघाउ पुर्याउँछन् ्र
यि प्राकृतिक आहाराको वृद्धिदर पोखरी खनिएको माटोको मलिलोपना, पानीको गुणस्तर, जलवायु, पानीको तापक्रम, पोखरी भएको ठाउँको उचाइ, मोहडा आदिमा निर्भर गर्दछ ्र त्यसैले विभिन्न पोखरीको उत्पादन क्षमता बेग्लाबेग्लै हुन्छ ्र एकै पोखरीको उत्पादन क्षमता पनि बेग्ला(बेग्लै समयमा फरक फरक हुन सक्छ ्रपोखरीको उत्पादन क्षमता बढाउन पोखरीमा प्रांगारिक वा रासायनिक मल प्रयोग गरिन्छ ्र व्यवसायिक रुपमा मत्स्यपालन गर्दा प्राकृतिक आहाराले मात्र माछाको उत्पादनशीलता बढाउन सकिन्न ्र यस्तो अवस्थामा माछाको शारीरिक आवश्यकता र जातअनुसार थप कृत्रिम आहार बनाएर माछालाई खान दिइन्छ ्र
माछाका लागि थप दानाको व्यवस्था
उन्नत प्रविधि अपनाएर माछा पाल्दा एउटा सानो जलाशय क्षेत्रमा बढी घनत्वमा माछा पालिन्छ ्र यस्तो अवस्थामा प्राकृतिक आहाराले मात्र माछाको अधिकतम वृद्धि कायम राख्न पर्याप्त पोषण पुग्दैन ्र तसर्थ व्यवसायिक उत्पादन लिनका लागि थप पूरक दानाको व्यवस्था गर्नुपर्छ ्र यस्तो दानाले माछाको शारीरिक क्रियाकलाप तथा वृद्धिदर कायम राख्न आवश्यक मात्रामा प्रोटिन, कार्बोहाइड्रेट तथा फ्याटको आपूर्ति गर्दछ ्र
मत्स्यपालन व्यवसायमा माछाको दानामा बढी खर्च लाग्छ ्र दाना व्यवस्थापन गरेर लागत घटाउन सकिन्छ, माछाको स्वास्थ्य र वृद्धिका साथै जलाशयको वातावरण पनि सुधार गर्न सकिन्छ ्र
दाना व्यवस्थापनका लागि निम्न तथ्यहरुमा ध्यान दिनुपर्दछस्
दाना बनाउने खाद्य सामग्रीको सहि चयन
किफायती दाना बनाउने तरिका
दाना खुवाउने सहि तरिका
माछाका लागि दाना उच्चस्तरको पोषिलो हुनुपर्दछ ्र यसमा प्रोटिनको मात्रा २८(३२५, फ्याट ३(६५ तथा शक्ति, भिटामिन, खनिज र लवण आवश्यक मात्रामा मिसाइएको हुनुपर्दछ ्र माछाको भुरालाई ३०(३५५ प्रोटिनयुक्त दाना आवश्यक पर्दछ ्र त्यस्तै माउ माछालाई २५(३०५ र खाने माछालाई २०(२५५ प्रोटिनयुक्त दाना दिनु पर्दछ तर ट्राउट माछाको भने सबै उमेर र अवस्थामा ३५५ प्रोटिन भएको दाना आवश्यक पर्दछ ्र माछालाई सबैभन्दा आवश्यक पर्ने पौष्टिक तत्व कार्बोहाइड्रेट हो ्र खाद्यान्न बाली र तिनका उप(उत्पादनहरु ९धानको ढुटो, गहुँको चोकर, पिठो, मकै आदि० कार्बोहाइड्रेटका स्रोतहरु हुन् ्र त्यस्तै भटमास, पिनाहरु, सिद्रा, माछाको धुलो एवम् गेडागुडीहरु प्रोटिनको स्रोतहरु हुन् ्र दानको फर्मुलेसन गर्दा प्रोटिनको प्रतिशतलाई बढी ध्यान दिइन्छ ्र
दानाको टुक्रा धेरै सानो वा धेरै ठूलो हुनु हुँदैन ्र साधारणतया यसको आकार ३(६ मिलिमिटर बिचको हुनुपर्छ ्र दाना बनाउनको लागि विशेषगरी भटमासको पिना, धानको ढुटो, गहुँको चोकर, मकैको पिठो तथा अन्य खाद्यसामग्रीहरुको प्रयोग गरिन्छ ्र दानामा फोस्फोरस, भिटामिन तथा खनिज तत्वहरु पनि आवश्यक मात्रामा मिसाइएको हुनुपर्दछ ्र माछाहरुले रेशमको कोया, भान्सामा उब्रिएको खाना, बंगुरको विष्टा आदि पनि खाने हुँदा खेर गएको खाद्य पदार्थहरु प्रयोग गर्न सकिन्छ ्र ग्रास कार्पका लागि हरियो पोषिलो घाँस र केराको पात पनि दिइन्छ ्र
माछा मा लग्न ेरोगहरु
सेतो थोप्ले रोग
लक्षणहरु
शरीरको बाहिरी भागमा सेतो थोप्लो देखा पर्दछ
ढाड र जिउमा छाला पातलो भई घाउ देखिन्छ
औषधि उपचार
३ प्रतिशत नुन पानीको झोलमा ३–४ मिनेट डुबाउने
मालाचाइट ग्रीन ०।१ पि।पि।एम प्रयोग गर्ने
विरलिङ्ग रोग
यो रोग मिक्जोबोलस सेरेब्रेलिस नामक परजीवीबाट लाग्छ
यो परजीवी मुख्यतया माछाको टाउको नरम हाड र मेरुदण्डमा लाग्छ
यस परजीवीका बिउहरु संक्रमित भई मरेको माछाबाट र संक्रमित पानीबाट सर्छ
लक्षण
यस रोगबाट संक्रमित माछाको मेरुदण्ड बांगो हुन्छ र पुच्छर तिरको भाग बांङ्गो टिङ्गो हुदै जान्छ
संक्रमित माछाको शरीरको रङ्ग कालो हुदै जान्छ र माछाको बृद्धि हुँदैन
उपचार र रोकथाम
यस रोगको उपचार नभएकोले संक्रमित माछालाई पोखरीबाट झिकी जमिन मुनि गाड्नु पर्दछ
यो परजीवी लाग्न नदिन पोखरीमा भुरा राख्नु अगाबै ५०० कि।ग्रा। प्रति हे। को दरले चुना प्रयोग गर्नु पर्छ
माछालाई संतुलित आहारा दिनु र्पछ
आरगुलस ९माछाको जुम्रा ०
लक्षणहरु
शरीरको कुनै पनि भागमा लाग्न सक्दछ
यसले शरीरको रगत चुस्ने भएकोले जिउमा घाउ तथा खाटिरा देखा पर्दछ
औषधि उपचार
२–३ प्रतिशत नुन पानीको झोलमा ५–१० मिनेट डुबाउने
टा«ईक्लोफेन ÷डिप्टेरेक्स ०।२५ पि।पि।एम प्रयोग गर्ने
ट्रिकोडिनम
यो माछाको छाला, गिल र पखेटामा आक्रमण गर्ने एक कोषीय बाहय परजीवि हो
यसको संख्या धेरै भएमा माछाको भुरा मार्दछ
लक्षण
माछा दुब्लो हुने, पानीमा बिस्तारै तैरने फाट्टफुट्ट रुपमा दैनिक माछा भुरा मर्दै जाने यो परजीविको आक्रमणको प्रमुख लक्षण
औषधि उपचार
०।२५ पि।पि।एम।को दरले टा«ईक्लोफेन र डिप्टेरेक्स राख्ने
२५ पि।पि। एम को दरले फोर्म्लिन पोखरीमा हाल्ने
२–३ प्रतिशतको नुन पानीको झोलमा ५–१० मिनेट डुवाउने
०।२५ पि।पि।एम मालाचाइत ग्रीन प्रयोग गर्ने