परिचय
सुन्तला जात फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स९साना रसले भरिएको थैलीहरु भएको फललाई जनाउंछ । नेपालमा मुख्यतया खेति गरिने सुन्तला जात फलफूलहरुमा सुन्तला , जुनार , कागती , निबुवा, मौसम , ज्यामिर , भोगटे , विमिरो आदिलाई जनाउंछ । क्षेत्र र उत्पादनक हिसावले सुन्तला जात विश्वमा तेस्रो स्थान ओगटेको छ भने नेपालमा प्रथम स्थान ओगटेको विभिन्न तथ्यांकले देखाउछ ।
हावापानी
सुन्तला जात फलफुल उपोष्ण हावापानीमा खेती हन । ८०० मिटर देखि १४०० मिटर उचाइ सम्मा सजिलै खेती गर्न सकिन्छ । नेपालको पहाडी क्षेत्रमा यस किसिमको हावापानी पाईन्छ ।विरुवा उत्पादन गर्नको लागि १००० मी भन्दा कम हन हदैन । १८ देखि २१ ीड से तापक्रम सुन्तला जात फलफलको लागि उपयत हन्छ। वर्षिक वर्षाको हकमा १२५० १८५० मि मि उपयत्त हिउँदको चिसोपछि विरुवा राम्रोसँग फल्ने गर्दछ । फल फलेपछि फलहरुको विकासको निमित्त बदि तापक्रमको आवश्यकता पर्दछ ।
माटो
ह्लका दोमट र प्राङ्गारिक पदार्थयत्त, पानी नजम्ने खालको माटो यस खेती लागि उपयत्त मानिन्छ । माटोको रासायनिक गण यसको अम्लियपना पि एच लेवलले जनाउँछ र पि एच ५.५ देखि ६.५ उपयत्त मानिन्छ ।
जग्गाको तयारी
खेती गरी राखेको बारीमा जग्गाको तयारी वा सुधारको जरुरत पर्दैन । बारीमा रहेका सबै वुट्यान, झाडी, मुढाहरु भए सफा गरेर जलाउनु पर्दछ । ठूला चट्टानहरुलाई हटाई सफा गर्नु पर्दछ । खेती नगरीएको भिरालो जमीनमा बगैंचा स्थापना गर्नु पर्दा गह्रा गह्रा बनाउनु पर्दछ । सिंचाई र निकासको लागि सुहाउँदो कुलो÷कुलेसो बनाउनु पर्दछ । बगैंचाको सुरक्षाको लागि समुचित रुपले बार बन्देज लगाउन पर्दछ । ९यसको लागि सुविधा अनुसार काँडेतार, ढुङ्गा९ईटको पर्खाल, जिउँदो झाडीदार, विरुवा निलकाँडा आदि० । तेजलो हावा चल्ने ठाउँ भए छिटो बढ्ने खालका वायु अवरोधक रुख विरुवा लगाउनु पर्दछ ।जग्गा रेखंकन भै सकेपछि तोकिएको ठाउमा बिरुवा रोप्नु भन्दा ९३०९४०० दिन अगाडी १ह्१हह्१ मिटर लम्बाई, चौडाई र उचाईको खाडल खन्नु पर्दछ । खाडल खण्ड माथिल्लो ५० से।मि। को माटो अलग थुप्रो र तल ५० से।मि। को माटो अलग थुप्रो बनाउनु पर्दछ ।
खाडलको तयारी
खाडल पुरै खनी सकेपछि १५९२० दिन त्यसै खाली रहन दिने र त्यसपछि प्रति खाडल २९३ डोका गोबरमल , खरानी २ के जी । हाडको धुलो २ किलो , २०० ग्राम युरिया , २०० ग्राम डी।ए।पी र २५० ग्राम पोटासमल र माथिल्लो ५० से।मि।को माटोको थुप्रोसंग राम्रोसंग मोली खाडलमा राख्दै खुट्टाले थिच्दै जाने र खाडल जमिनको सतह भन्दा करिब १०९२५ से।मि। माथिसम्म माटो र मलले भर्ने अनि खाडलको बिचमा एउटा काठको लट्ठी राख्ने । पछि त्यही लट्ठी निकाल्ने र निकालेको ठाउमा बिरुवा लगाउने ।
विरुवा रोप्ने दुरी
विरुवा रोप्ने दुरी बिरुवा लगाउने ठाउको माटो , बिरुवाको किसिम ,जलबायु, जातीय गुण , रेखांकन गरिएको तरिका आदिमा भर पर्दछ । प्रायजसो निम्न अनुसार रोप्नु आवश्यक हुन्छ । सुन्तला प्राय ५९७ मिटरको दुरीमा लगाइन्छ ।
विरुवा रोप्ने समय
सुन्तलाको बिरुवा सदबहार स्वभाबक हुने भएकाले सुषुप्त अवस्थामा आउने सम्भावना प्राय हुँदैन । यिनीहरुको जरा सालभरिनै क्रियाशील रहिरहन्छ । सिंचाई सुबिधा भएको ठाउमा बैशाख देखि श्रावण सम्म रोप्न सकिन्छ ।
विरुवा रोप्ने तरिका
बिरुवा रोप्दा खाडल खनेको ठाउको बीच भागमा पर्ने गरि प्याकिंग गरेको बस्तु हटाएर तर बिरुवाको माटो नझारिकन , सिधा पारेर , कलमी गरेको भागलाई माटोले नपुरिने गरि बिरुवा लगाउनु पर्दछ । लगाईसकेपछि वरिपरि माटोलाई हल्का थिच्नु पर्छ र फेद वरिपरि झारपात आउनबाट जोगाउन , चिसोपना कायम राख्न मल्चिंग गर्नु पर्ने हुन्छ ।
मलखाद
सुन्तला जातका बोट विरुवहरु वहवार्षिय प्रकृतिको भएकोले बगैचा स्थापना देखि बषाँ वर्षसम्मा वगैँचाबाट उच्च गणस्तरीय फल उत्पादनको लागि हरेक बर्ष प्राङ्गारिक मल – गोठमल , कम्पोष्ट मल हरियो मल ,पिना बोकासी मल ) तथा रसायनीक मलखादको साथ साथै सृक्ष्म खाघतत्वहरु – वोरन जिंक,कपर फलाम म्यागनीज आदि) सिफरीश गरिएको मात्रामा नियमित रुपमा दिनपछ ।
काँटछाट
उच्च घनत्व बगैचा प्रणालीमा बोटको कद नियन्त्रण गरी प्रति एकाई उत्पादन बृद्धि गर्न यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।फलको गुणस्तर बढाउन, रोग किरा ब्यबस्थापन कार्यलाइ सहज बनाउन, बोटलाइ स्वस्थ , उत्पादनशिल तथा टिकाउ राख्न तालिम तथा काँटछाँट आबश्यक छ ।सानो बोट काँटछाँट।मजबुत संरचना निर्माण गर्न ४ बर्षसम्म बिरुवाको शुषुप्त अबस्था ९ पौष–माघ ० मा काँटछाँट गर्नुपर्दछ बिरुवा लगाएको बर्ष पौष माघमा जमिनबाट ५०–६० से।मि। माथिबाट काट्ने र बलिया चारैतिर फैलेका ३–४ हाँगा आउन दिने त्यसपछिको बर्षमा प्रत्येक मुख्य हाँगामा २ वटा सहायक हाँगा राख्ने र उप सहायक हाँगालाइ बढ्न दिइ बोटको चारैतर्फ फैलिन सक्ने एवं एक आपसमा नजेलिने गरी राख्ने तेश्रो तथा चौथो बर्षबाट मुल हाँगाको टुप्पो नुगाउँदा जहाबाट बाङगो हुन्छ त्यहिबाट काटेर अन्य हाँगाहरु फैलाउने चोर हाँगा, रोग एवं किरा लागेका हाँगा, कलमी गरेको भागभन्दा मुनिबाट पलाएका हाँगा नियमित निरिक्षण गरी हटाउँदै जाने तालिम तथा काँटछाँट गरीसकेपछि बोर्डोपेष्ट काटेको भागमा दल्ने तथा बोर्डो मिश्रण बनाई बिरुवालाई छर्ने
फल लाग्ने बोटको काँटछाँट
एक आपसमा जेलिएका, चोर हाँगाहरु,कमजोर, घामको प्रकाश छेक्ने तथा रोग किरा लागेका हाँगाहरु हटाउने
नोट
काँटछाँट गर्दा बिरुवाको शुषुप्त अबस्थामा गर्नुपर्दछ । सुन्तला सदाबहार फलफुल भएको र नयाँ मुनामा फुल खेल्ने भएकोले एकैचोटी धेरै काँटछाँट गर्नुहुदैन र सकभर कलिला मुना आईसकेपछि चोर हाँगा भन्दा बाहेक अरु हाँगा हटाउने कार्य गर्नुहुदैन ।
रोग तथा किराहरु
रोगहरु
१ जरा कुहिने रोग
जरा कुहिए तर्फको पातहरु पहेलो भई झर्दछ । पात पहेलो भएतर्फको जरा खोतलेर हेरेमा जराको बोक्रामा पानी सोसिएको, जराको बोक्रा कुहिएको तथा जराको भित्रि भाग खैरो देखिन्छ । कुहिएका जरा काटेर हटाई जरालाई बोर्डोमिश्रण १५ को घोलले भिजाउने वा कपर अक्सिक्लोराईड युक्त बिषदी २ ग्राम प्रति लिटर पानीमा राखेर जरा भिजाउने र बोटको १ मिटर सतह वरीपरी पानी जम्न नदिने ब्यवस्था मिलाउने तथा माटो खुकुलो पार्न कम्पोष्ट मलको प्रयोग गर्ने ।
२धुले ढुसी
याँ कलिला पात, हाँगा , चोर हाँगा तथा डाँठमा सेतो खरानी छर्केजस्तो देखा पर्दछ । यसलाई हावाले फैलाउँदछ । चोर हाँगा हटाउने ,गन्धकको धुलो छर्ने वा केराथेन १।५ मि।लि। प्रति लिटर पानीमा मिसाएर छर्ने वा एक भाग गहुँतमा ३ भाग पानी मिसाएर मुना भिजाउन।
३कोत्रे रोग
पात, हाँगा तथा फलमा केही उठेका खस्रा खैरा धव्वा देखा पर्दछ । बर्षात अगावै रोगी पात तथा हाँगाबिगा हटाउने, १५को बोर्डोमिश्रणको घोल छर्कने
४गुलाबी रोग
यस रोगको प्रकोप बर्षात शुरु हुनुभन्दा अगाडि वा पछाडि शुरु हुन्छ र आक्रमण भएको हाँगा ओइलाएर मर्दछ ग्रसित हाँगामा शुरुमा चाँदीजस्तो टल्कने सेतो ढुसीको तह देखा पर्दछ जुन गुलावी रंगमा परिणत हुन्छ । यस रोगको अत्याधिक प्रकोप भएमा बोक्रा ठाडो चिरा परी फुट्दछ र गम निस्कन्छ ।
रोग लागेका हाँगा काटि जलाउने र काटेको भागमा बोर्डो पेष्ट लगाई बोटमा बोर्डोमिश्रण छर्ने । बगैचाको सरसफाईमा ध्यान दिने एवं बाक्ला घाम नछिर्ने जेलिएका हाँगा हटाउने ।
किराहरु
१पात खानुवा
यसको लार्भाले पातमा सुरुङ बनाई पातको हरितकण खाई पातलाई जालीजस्तो बनाउँदछ साथै कोत्रे रोगलाई सार्न मद्धत पु–याउँदछ यसको नियन्त्रण गर्न सावुन, पानी र सृुर्तिको झोल प्रयोग गर्ने वा रोगर १।५ मि।लि। प्रति लिटर पानीमा मिसाई प्रयोग गर्ने।
२गवारो
यसको लार्भाले वोटको हाँगामा प्वाल पार्दछ । प्वाल पारेको हाँगा चिरेर हेर्दा कालो टाउको भएको हल्का पहेले शरिर भएको लाभ्रे देखा पर्दछ ।बगैचाको सरसफाईमा ध्यान दिने, चोर हाँगाहरु हटाउने,सुकेका हाँगाहरु काटेर जलाउने र गवारोले पारेको प्वालमा कपासमा मट्टितेल चोवी प्वालभित्र हाली माटोले टालिदिने ।
३लाही
यिनिहरुले कलिला पात र वोटको मुन्टा चुसी बोटको बृद्धिमा असर गर्दछन् साथै सिट्रस ट्राईस्टेजा भाईरस र अन्य ब्याक्टेरिया सार्न मद्दत गर्दछ । यसले गुलियो पर्दाथ निकाल्दछ जसमा ध्वाँसे रोगका जिबाणुको बृद्धि हुन्छ साबुन,सुर्ती र पानीको मिश्रण वा गहुँत पानी ९१ः४० प्रयोग गर्ने र थोप्ले खपटेको संख्या बृद्धिमा जोड दिने।
४कत्ले
यिनिहरुले स–साना बिरुवा देखि पुराना वोटसम्मको रस चुस्दछन् । यसले गुलियो पर्दाथ निकाल्दछ जसमा ध्वाँसे रोगका जिबाणुको बृद्धि हुन्छ सर्भो १५ मि।लि। प्रति लिटर पानीमा मिसाएर छर्ने वा अन्य खनिज तेलको प्रयोग गर्ने र रातो थोप्ले खपटेको संख्या बृद्धिमा जोड दिने।
५सिट्र्रस सिल्ला
यो सेतो खालको चुसाहा कीरा हो जसले ग्रिनिङ रोग सार्न मद्दत गर्दछ र १००० मी। भन्दा माथिको स्थानमा यसको गतिबिधि कम भएको बिश्वास गरिन्छ कामिनी फुलको बोट भएमा नष्ट गर्ने र कीरा नियन्त्रण गर्न मालाथियन १–१।५ मि।लि। प्रति लिटर पानीमा मिसाएर छर्ने तथा नियमित रुपमा बगैचा निरिक्षण गर्ने
६फल कुहाउने औसा
भाद्र महिना देखि कार्तिकसम्म बिशेष गरी जुनार र निवुवाको फल पहेलो हुने वेलामा खैरो रंगको झिंगाले फुलपार्ने अंगको सहायताले बोक्रामा प्वाल पारी फल भित्र फुल पार्दछ र औसाले फल कुहाउँदछ
औसाको नियन्त्रण गर्ने उपायहरू
औसा लागेर झरेका फल काटि पानीमा ६–७ घण्टा डुवाउने,हिउँद याममा जमिनको खनजोत गर्ने फेरोमेन पासो ९ मिथाईल युजिनोल र मालाथियन मिसाएको० को पासोको प्रयोग गर्नाले भाले आर्कषित भई संख्या नियन्त्रणमा सहयोग गर्दछ ।
७ मिलिबग
यसको निम्फ र वयस्क पोथीले पातको तल्लो भाग र फलको भेट्नोबाट रस चुस्दछन् । यसको अत्याधिक प्रकोपले फल, पात र फुल झर्दछ । यसले गुलियो पर्दाथ निकाल्दछ जसमा ध्वाँसे रोगका जिबाणुको बृद्धि हुन्छ
नियन्त्रणको उपाए
थोप्ले खपटेको संख्या बृद्धि गर्ने, सुर्ति पानीको झोलको प्रयोग गर्ने, दैहिक बिष १।५ मि।लि। प्रति लिटर पानीमा मिसाएर छर्ने