परिचयः

ब्रोईलर कुखुरा मासुको लागि पालिन्छ ब्रोईलर कुखुराको शारीरिक वृद्धि छिटो हुने दानालाई मासुमा परिणत गर्ने अनुपात पनि राम्रो हुने भएकोले यसलाई सामान्यतः बजारको अवस्था हेरी ४० देखि ५० दिनसम्म पालेर औसत तौल . केजीसम्मको विक्री गर्ने गरिन्छ यस्तो उमेरको ब्रोईलरको मासु नरम, कलिलो तथा कम रेशादार हुन्छ अपबादको रुपमा स्वाद एवं घरेलु प्रयोजनको लागि कुखुरालाईख्वाउने दानाको साटो कम्पाउण्ड बनाई छोडेर पाल्ने गरेको पाइन्छ छोडेर पाल्ने हो भने व्यवसायिकलाभ लिन सकिँदैन

खोर निर्माण

ब्रोइलर पालनमा अधिक उत्पादन वा शारीरिक तौल प्राप्त गर्न आरामदायी र शान्त ठांँउको आवस्यक छ ।

खोर निर्माणको लागि स्थान छनाट गर्दा निम्न पक्षहरुलाई ध्यान दिन जरुरी छः

 १यातायातको सुविधा र यथासंभव बजारको सहज पँहुच भएको,

 २ बिजुली तथा सफा पानीको सुविधा भएको र कुखुराको दाना, औषधी, खोप र प्राविधिकहरूको सुविधा उपलब्ध हुने,

 ३वरिपरिको जमिनभन्दा केही उच्च र बलौटे दुमटखालको माटो भएको,

 ४सजिलै पानीको निकास हुने जमिनलाई प्राथमिकता दिने,

 ५ खोर बिस्तार गर्न संभव हुने,

 ६ जंगली जीवजन्तु एवं मानब कृयाकलाप जस्तै चोरी आदिबाट सुरक्षित,

 ७ सकभर नजिकै अन्य कुखुरा फार्महरू तथा अन्य पशुपंक्षीका फार्महरू समेत नरहेको र वरिपरी छाडा छोडेर पालिने कुखुराहरू पनि नभएको ।

 खोरको ढाँचा

सामान्यतः कुखुराको खोरको चौडाई २० देखी ३० फिट र लम्बाई आवश्यकता अनुसार बनाइयो भने व्यवस्थापन सहज हुन्छ । कुखुराको खोरको उचाई भने भुइँदेखि छानाको तल्लो भागसम्म ९ फिट तथा

छानाको माथिल्लो धुरीसम्म १४ फिट आवश्यक हुन्छ । अपराह्नको कडा घामको गर्मीबाट हुने तनावबाट कुखुरालाई बचाउनको लागि पूर्वपश्चिम लम्बाई हुने गरी खोर निर्माण गर्नु राम्रो हुन्छ ।पूर्व पश्चिम

खोरको छाना चम्किलो र सूर्यको प्रकाश सोस्ने खालको नभइ परावर्तन गर्ने खालको नभए छानाको बाहिरी भागमा सेतो चुन पोत्ने पनि चलन छ । दिउँसोको तापक्रम र रातीको तापक्रममा ठूलो अन्तर

आयो भने कुखुरालाई तनाव हुन्छ । बाछिटा र कडा घामबाट जोगाउन छानोको गारोबाट बाहिर निस्केको भागको लम्बाई तीन फिट हुनुपर्छ र भुइँबाट डेढ दुई फिट माथि उठेको गारोमा जाली लगाई उचित भेन्टिलेसनको व्यवस्था सुनिश्चित गर्नुपर्छ । जाली लगाएको भागबाट हिँउद महिनामा चिसो बतास छिर्ने भएकोले जाली भएको भाग आवश्यकता अनुसार प्लाष्टिक या त्रिपाल लगाई बन्द गर्न र खोल्न सकिनेगरी व्यवस्थित गर्नुपर्छ । सघन प्रणालीमा ब्रोइलर पालन गर्दा कति संख्यामा ब्रोइलरपालन गर्ने हो भन्ने कुराको पहिले निर्णय लिने र सोही अनुसार खोर निर्माण गर्नुपर्दछ । सामान्यतः कुखुराकोखोरको भुइँको क्षेत्रफल प्रति ब्रोइलर कुखुरा १ वर्गफुटको दरले हिसाब गर्नु पदर्छ । यदि खोर ठुलो बनाएमा तापक्रम व्यवस्थापन गर्दा बढिइन्धन वा बिजुली खर्च हुने, सोत्तर बढि चाहिने, ठाँउ धेरै भएर कुखुरा खेल्दा शक्ति खर्च भइ कुखुरा बढ्न कम हुन्छ र लागत पनि बढन जान्छ । आवश्यकता भन्दा सानो खोर भयो भने विभिन्न रोगहरू फैलने र दानापानी लगायत विविध व्यवस्थापन गर्न गाह्रो हुन जान्छ । निकै गर्मी हुने ठाउँमा यो भन्दा केही बढि १.२५ वर्गफिट र कम तापक्रम हुने ठाउँमा ०.८ देखि ०.९ वर्गफिट क्षेत्रफल सिफारिस गरिएको छ । संभब भएमा उमेर अनुसार प्रति ब्रोइलर कुखुरा पहिलो हप्ता ०.२, दोस्रो हप्ता ०.३ तेस्रो हप्ता ०.५,चौथो हप्ता ०.६, पांचौ हप्ता, ०.७, छैटौ हप्ता, ०.८, सातौ हप्ता ०.९ र आठौ हप्तामा १.० वर्ग फिट क्षेत्रफल उपयुतm मानिएको छ । ब्रोइलर कुखुरापालक कृषकहरुले खोरमा एक पटकमा जति कुखुरा हुर्काउने क्षमता छ त्यति नै चल्ला हुर्काउन सक्ने गरी करिब १०० मीटर पर (टाढा) अलग्गै हुर्काउने घर वा कोठा निर्माण गरीआलोपालोमा ब्रोइलर पालन गर्न सकेमा एउटै खोरबाट लगभग मासिक रुपमा एकएक लट कुखुराकोउत्पादन गर्न सकिन्छ । उदाहरणको लागि पाँच सय ब्रोइलर कुखुरा राख्ने हो भने ५०० वर्गफिट

(प्रतिकुखुराः १ वर्गफिट) को खोर निर्माण गरिन्छ । त्यसको साथै एउटा अलग्गै चल्ला हुर्काउने कोठा(१५०२५० वर्गफिट) पनि बनाउने हो भने पहिलो व्याचको चल्ला हुर्काई करीव २५÷३० दिनको उमेर

पुगेपछि उक्त चल्लालाई मूल कक्षमा सार्ने र खाली रहेको चल्ला हुर्काउने कक्षमा राम्रोसँग सरसफाई गरी नयाँ चल्ला राख्न सकिन्छ । यसरी कुखुरापालन गर्दा रोग नियन्त्रण र जैविक सुरक्षाजस्ता कुराहरुमा असाध्यै ध्यान दिनुपर्छ अन्यथा रोगले चाँडै र बारम्वार आक्रमण गरी सोचेजस्तो मुनाफा लिन दिंदैन ।खोरको भुइँ सिमेन्टेड वा पक्की हुनु जरुरी छ । खोर निर्माण गर्नु पूर्व जैविक सुरक्षाका उपायहरूको प्रवन्ध गर्नुपर्छ । उत्पादन लागत कम गरी मुनाफा बढाउन कुखुराको खोर निर्माण गर्दादेखि नै जैवीक सुरक्षाका उपायहरू अपनाउन सकिने गरी बनाउनु पर्दछ । खोरको भुइँ सजिलै सफा गर्न सकिने खालको र झ्याल, ढोका अर्थात् भेन्टिलेसनको पनि राम्रो व्यवस्था हुनुपर्दछ । सोत्तर राखी पाल्दा भुइँको क्षेत्रफल प्रति बयस्क ब्रोइलर कुखुराको हकमा १ वर्गफिट क्षेत्रफल चाहिए जस्तै दाना खाने ठाउँको लागि ४ इन्च र पानी खाने ठाउँको लागि १ ईन्च लम्बाईको स्थान चाहिन्छ । भेन्टिलेसनको लागि तराईको हकमा भुइँको २० प्रतिशत र पहाडमा १५ प्रतिशत क्षेत्रफल आबश्यक पर्दछ । तर आजभोलि अधिकांश खोरहरूमा जालीको प्रयोग गरी खोर बनाइने भएकोले भेन्टिलेसनको समस्या भएको देखिँदैन । स्थानीय स्तरमा बनाइने छानोको हकमा खरको प्रयोग गर्नाले जाडोतथा गर्मी दुवै सिजनको लागि उपयुक्त हुन्छ तर आगलागीको खतरापनि धेरै डर हुन्छ । त्यस्तै, जस्ताको छाना लगाउन सजिलो हुने भए पनि खिया लाग्ने र खिया लागेको ठाउँबाट शीत झरी विषालु पदार्थ बनी पानीमा मिसिन

सक्ने भएकोले त्यति उपयुक्त मान्न सकिन्न । जाडो तथा गर्मी दुवै सिजनका लागि वातावरणीय दृष्टिबाट त्यति राम्रो नभएपनि सर्वसुलभता र टिकाउको कारणले गर्दा यसको प्रयोग अत्याधिक

मात्रामा गरेको पाइन्छ । यसरी सबै दृष्टिकोणबाट हेर्दा रंगिन जस्तापाताको प्रयोग उपयुक्त देखिन्छ । तैपनि रंगिन जस्ता, खर तथा सिमेन्टेड छानालाई आफ्नो आवश्यकता र परिस्थिति अनुसार प्रयोग गर्न

सकिन्छ । छाना जस्तै भित्ताहरूको पनि खास महत्व हुन्छ किनभने भित्तामा पनि किटाणुहरूको बासस्थान हुनसक्ने भएकोले सजिलै सफा गर्न सकिने खालको हुनुपर्दछ जसले गर्दा कुनै संक्रामक महामारी रोग आएको समयमा सरसफाई गर्न सजिलो होस ।

खोरमा सोत्तर व्यवस्थापन

सोत्तरको उचित व्यवस्थापनले कुखुराको स्वास्थ्य, शारीरिक वृद्धि दरमा मात्र होइन काटिसकेपछि देखिने मासुको गुणस्तरमा पनि प्रभाव पारेको हुन्छ । ब्रोइलरको लागि सोत्तर बिछ्याएर सघन प्रणालीमा पाल्नु नै उत्तम विकल्प हो । भुइँमा धानको भुस, काठको धुलो, टुक्रा पारिएको नल या पराल, मकैको खोस्टा वा सुक्खा खालको अन्य कुनै सजिलै कुहिने वनस्पतीहरू प्रयोग गरी त्यसैमा कुखुरा पाल्ने प्रविधिलाई डिप लिटर (सोत्तर) प्रणाली भनिन्छ । असल सोत्तरमा सुलीको गिलोपना सोस्ने, चाँडै कुहिएर मल बन्ने, ईन्सुलेटरले झैं तापक्रम नियन्त्रण गर्ने, कुखुरालाई प्रतिकुल नहुने, नबिझाउने र विषालु पनि नहुनेगुण हुनुपर्छ । नेपाली परिप्रेक्ष्यमा सोत्तरको सबैभन्दा उपयुक्त सामग्रीे धानको भुसलाई लिन सकिन्छ ।धानको भुसको विकल्पमा काठको धुलो, गहुँको नल या परालका ससाना टुक्राहरू (५ से.मी. लम्वाईकाटुक्राहरू), या अन्य मसिनो पातभएका वनस्पतीको सुकेको ओवानो पातहरू, टुक्रा पारिएका मकैका खोस्टाहरू, काठ ताछेको टुक्राहरू, कागजको टुक्रा, बदामको बोक्राहरू आदिलाई प्रयोग गर्न सकिन्छ ।यी सबै पदार्थका आआफ्ना फाइदा तथा बेफाइदाहरू छन् तर स्थानीय स्तरमा पाइने चीजको प्रयोगगर्नाले किफायत हुन्छ

रागहरु

रानीखेत

रानीखेतले स्वासप्रणाली स्नायुप्रणालीमा असर पुगी स्वास फेर्न कठिनाई हुन्छ, चुच्चो नाकबाट पिप जस्तो बाक्लो पदार्थ बग्छ, फनफनी घुम्ने, पछाडि हिँड्ने, पखेटा खुट्टाको पक्षघात हुने, घाँटी बटार्ने, फुल पार्न कम हुने, सिउर लोति पहेँलो हुने पछि निलो हुने, हरियो रङको सारै गन्हाउने छेर्दछ। यस रोग लागेको कुखुराले छिँक्दा, दिसा गर्दा निस्केको भाइरस ( महिना सम्म बाँच्ने भएकोले रोग लागेको कुखुरालाई छुट्टै राख्नु पर्दछ, मरेकोलाई जलाई त्यसको अवशेषलाई गाड्नु पर्दछ। अन्य स्वस्थ चल्लालाई रानीखेत एफ स्ट्रेन खोप लगाउनु पर्दछ। सोतरलाई पुर्णरुपमा निसंक्रमण गर्नु पर्छ। यो रोग नियन्त्रणको लागि ( दिनमा रानिखेतको खोप, २८(३२ दिनमा लासोटा खोप, त्यस पछि हरेक डेड महिनामा लासोटा खोप दिनु पर्दछ।

गम्बारो

रोग प्रतिरोध गर्ने क्षमता बिकाश गर्ने अंग मा संक्रमण हुन्छ अन्य अवशरबादि रोगहरुले आक्रमण गर्दछ। अन्तमा किड्नी फेल भई कुखुरा मर्दछ। ( हप्ता सम्मको कुखुरामा धेरै हुने गर्छ। झोक्रिन्छ, पखेटा लतारेर बस्छ, खाना कम खान्छ, काँप्छ, ज्वरो आउँछ, चकको धुलो जस्तो मलद्वारमा टाँसिन्छ, टाउको निहुराउँछ, आँखा चिम्लन्छ, पखेटा जिङरिङ्ग हुन्छ, टाउको लतार्छ, खुट्टा पछिल्तिर तन्काएर मर्छ। यसको खोप समयमै लगाउनु पर्दछ। यदि लगाएको छैन भने यो रोग लागेको खण्डमा

. NOVA-PARAXIN
. HIVIT-SL
. IMMULIV
. PUREVIT-H(रातिको समयमा)
. HERBAL-C
. IMMUNOCARE
. Ecosprinn-75

बिफर

आँखा वरिपरि, सिउर, मलद्वार आदिमा ठेउला आउँछ, आँखा देख्न नसकिने गरी सुन्निन्छ। यसको लागि १४ दिनमा खोप लगाउनु पर्छ। यो रोग लागीसकेको कुखुराको घाउमा बेसार तोरीको तेल दलिदिने, अथवा फिटकिरीले सफा गरिदिने, अथवा आयोडिन लगाईदिने, अथवा पानीमा टेट्रासाइक्लिन दिने, अथवा प्रति ५० कुखुरा बराबर ट्याब्लेट एमोक्सिसिलिन ५००एमजी पानीमा मिलाएर दिनको दुई पटक दुई दिन दिँदा निको हुन्छ

९इकोलाई०

दुसित पानी, खोरमा धुलो, पानी पिउने भाँडा टाढा रहनु, सिआरडि हुनु, सरसफाई नहुनुले यो रोग लाग्न सक्छ। खाना कम खान्छ, झोक्रिन्छ, प्वाँख जिङरिङ्ग हुन्छ, आवाज फरक हुन्छ। रोग लागेमा पानीमा कोलिस्टिन सल्फेट ग्रामरलिटर राखेर दिन दिने।

कक्सिडिओसिसस्

आइमेरिया नामको परजिवीको कारण सबै उमेरका कुखुरामा लाग्ने रोग। खुल्ला छाडेर या सोतर ओछ्याएर पालिने कुखुरामा यसको प्रकोप बढि हुन्छ। आँखाले देख्न नसकिने यो परजिवीले आन्द्रामा घाउ बनाउँछ, जसको कारण रगत मिसिएको दिसा गर्छ, पखेटा लातारेर झोक्राउँछ, दाना पानी कम खान्छ, रक्तअल्पता हुन्छ,

यो रोग लाग्न नदिन खोर सफा गरेर कडा नुन पानीले सफा गरिदिनु पर्छ। पराल सुक्खा गराउनु पर्छ।

रोग लाग्न नदिन नेपालमा खोप पाईन्छ, दिने कुखुरालाई पानीमा खोप दिन सकिन्छ। यो रोग लागीसके पछि एम्प्रोलियम औषधि दिन प्रयोग गर्न सकिन्छ। सल्फा ग्रुपको औषधि ग्रामरलिटर पानीमा मिलाई दिन सम्म खुवाउन सकिन्छ। इलेक्ट्रोलाइट ग्राम लिटर पानीमा दिन खुवाउन सकिन्छ।