परिचय

बाख्रापालन व्यवसाय नेपालमा हिमाल देखि तराईसम्म परम्परागत रुपमा परापूर्व काल देखिनै पालन गरिँदै आएको नेपालमा उपभोग हुने कुल मासु मध्ये करिब २० प्रतिशत मासु खसि बोकाको हुन्छ नेपालमा कुल पशुहरूको संख्या मध्ये पनि बाख्राहरूको संख्या सबैभन्दा बढी करिब करोड भन्दा अलि बढी रहेको देखिन्छ बाख्रापालन व्यवसाय थोरै लगानीबाट शुरु गर्न सकिने हुँदा यसबाट साना कृषक तथा महिला वर्गका लागि रोजगारी तथा आयआर्जनको भरपर्दो पेशाको रुपमा लिन सकिन्छ हाल उत्पादन भैरहेका खसि बोका देशको माँग भन्दा निकै न्यून मात्रामा रहेका छन् दशै तिहार जस्तो चाडपर्वका बेला लाखौ खसि बोका भारत तथा चिनबाट आयात गर्नुपर्ने स्थिति रहेको साथै ठूला शहरहरूमा खसिको मासु सहजै पाउन नसकिने तथा मँहगो मुल्यमा खरिद गर्नुपर्ने हुन्छ त्यसैले देशभित्र खसि बोकाको उत्पादनलाइ र्ब ृद्धि गर्न आत्मनिर्भर बन्न तथा पशुपालन पेशालाई मर्यादित आयमुलक व्यावसायिक बनाउनबाख्रापालनको निकै महत्व रहने देखिन्छ

जातहरु

विश्वभरी बाख्राका जातहरू करिब ३५० भन्दा बढी छन्, जसमध्ये एशिया महादेशमा मात्रै १४६ किसिमका बाख्राहरू पाइन्छन् । यी जातहरूलाई पनि कसैले हावापानी अनुसार त कसैले मासु, दुध, ऊन, आदि उत्पादनको आधारमा त कसैले कुन ठाँउमा उत्पति भएको हो सोही अनुसार बर्गिकरण गर्ने गर्दछन् । तसर्थ यँहा नेपालमा पालिने स्थानिय तथा विदेशी जातका बाख्राहरूबारे छोटकरीमा जानकारी गराइएको छ ।

नेपालमा पालिने बाख्राका स्वदेशी जातहरू ः

 च्यांग्रा ः

यो नश्लको वाख्रा २५०० मिटर माथि ४००० मिटर उचाई सम्म चिसो जलवायु भएका उच्च पहाडी क्षेत्रमा पालिन्छ । च्याँग्रा हिउँदमा गाँउको गोठमा र वर्षायाममा लेकालीचरनमा घुम्ति गोठको रुपमा चराएर पालिन्छ । शारीरिक तौल प्रौढ भाले ३५ देखी ४० र पोथी २७ देखी ३० कि.ग्रा.हुन्छ । भालेको उचाई सरदर ६२ से.मी. हुन्छ । औषत २ वर्ष उमेरमा पहिलो वेत र एक अर्काे वेत वर्ष दिन फरकमा व्याउछ ।प्रतिवेत जन्मतौल सरदर १.७० कि.ग्रा.भएको एउटा सन्तान जन्माउछ । च्याँग्राबाट पश्मिना (मसिनु भुवा) उन १२५ देखी २०० ग्राम प्रतिवर्ष उत्पादन हुन्छ र यसवाट महंगो खालका पछयौरा आदि वनाइन्छ ।

२ सिन्हालः

यो उच्च पहाडमा पाइने बाख्राको जात हो, यस जातका बाख्राहरूको वयस्कको शारीरिक तौल औषतमा बोकाको ४२ किलो तथा बाख्रीको ३५ किलोहुन्छ । सिंहाल बाख्रा करीव २ वर्षको उमेरमा पहिलो पटक व्याउने, वर्षमा एक पटक मात्र व्याउने तथा कमै बाख्राहरूले मात्र जुम्ल्याहा पाठापाठी जन्माउंछ । उच्चपहाडी चरनमापालिने हुंदा यो वाख्राको रांै लामो र वाक्लो हुन्छ र प्रतिबर्ष प्रति बाख्रा २०० देखि ३०० ग्राम सम्म रौं उत्पादन हुन्छ ।

.३ खरी (पहाडी वाख्रा)ः

यो बाख्रा नेपालको तल्लो तथा मध्य पहाडी भेगको ३०० देखि १५०० मिटरको उचाईमापालिन्छ । यो बाख्रा कालो खैरो रंगको अनुहारमा सेतो धर्सा भएको हुनुका साथै रंगमा विविधता भएको हुन्छ । मध्यम आकारका पछाडी वा माथितिर फर्केका सिंग हुन्छन् तथा केहि मात्रामा मुडुलो पनि पाइन्छन् । वयस्क बोकाको तौल ३० देखि ४० किलो र बाख्रीको तौल १७ देखि २६ किलो सम्म पाईएको छ । खरी बाख्रा सालाखाला १३१४ महिनाको उमेरमा पहिलो पटक व्याउने, दुवै वेत वीचको अन्तराल ९ महिना हुने तथा अन्य बाख्राहरूको तुलनामा जुम्ल्याहा अथवा तिम्ल्याहा पाठापाठी बढी पाउने बाख्राका जात हो ।

४ तराई वाख्राः

यो नेपालको तराई भेगमा पाइने बाख्राको जात हो । यस जातका बाख्राहरूमा वयस्क बोकाको ताल ३० द ै ेखि ३५ किलो सम्म र बाख्रीको १८ देखि ३२ किलो सम्म हुन्छ । यसकोलामो झुण्डिएको कान भएकोले यसलाई जमुनापारीको खच्चड पनि भनिन्छ यद्यपी यसबारे पर्याप्त अनुसन्धान भएको छैन । यो विभिन्न रंगमा पाइने भएतापनि प्रायः खैरो शरीरमा सेतो धर्सो रहेको हुन्छ । यो दुध तथा मासु दुवैका लागि उपयुक्त हुने बाख्रा हो । यसको शा.तौ. १८ देखि ३५ कि.ग्रा.सम्म हुन्छ ।

 नेपालमा पालिने बाख्राका विदेशी जातहरू ः

१ जमुनापारीः

भारतको चम्बल क्षेत्रमा उत्पति भएको यो जातकोबाख्रा नेपालको तराई क्षेत्रमा बढी पालिन्छ । यसको रंगएकनासको हुँदैन साधारणतया सेतो रंग भएका बाख्राहरूमा कहिँकहि गाढा रंगको चिन्हहरू हुने गर्दछन् । जीउ ठूलो, खुट्टा लामो, नाकको बीचको भाग उठेको (सुगा नाके), लामो घांटी, लामो झुण्डिएका कान (लामकाने) छोटा थेप्चा सिंगहरू यसका शारीरिक विशेषताहरू हुन । यसजातका बोका तथा बाख्री दुवैमा दारी हुने गर्दछ । जन्मदाको औसत तौल सरदर ४ कि.ग्रा. हुने गर्दछ भने २० देखि २५ महिनामा पहिलो पटक व्याउने र वर्षमा एक पटक मात्रै व्याउने यस जातले प्रायः एक बेतमा एउटा मात्रै पाठापाठी पाउने गर्दछ । मुख्यतया यो बाख्रा फागुन चैत्र महिनामा बढी व्याउने गर्दछ । यो दुध र मासु दुवैका लागि पालिने बाख्राको जात हो । यसले प्रतिवेत १८८ लिटर दुध दिने गर्दछ र प्रतिवेत औसत दुध उत्पादन १५० लिटर देखि २०० लिटर सम्म हुने गर्दछ । वयस्क बोकाको जिउँदो ताल ५० द ै ेखि ६० कि.ग्रा. र बाख्रीको ३० देखि४० कि.ग्रा. हुने गर्दछ ।

.२ बारबरी

यो जातको बाख्राको उत्पति पूर्वी अफ्रिकाको बारबरा भन्ने स्थानमा भएको हो । चर्नका लागि त्यति मन नगर्ने यो बाख्रा बँधुवा पालनका लागि उपयुक्त मानिन्छ । त्यसैले यसलाई चरन क्षेत्र नभएका शहरी वा शहर वरिपरीको क्षेत्रमा पाल्ने गरिन्छ । यो सानो र खांदिलो शरीर, ठाडो कान र सेता र रातो रंगको टाटेपाटे झट्ट हेर्दा चित्तल जस्तो देखिन्छ । यसको जन्म तौल २ कि.ग्रा. हुन्छ र १४ महिनामा २ पटक व्याउने यस बाख्राले प्रायः जुम्ल्याहा पाठापाठी पाउने गर्दछ । यो बाख्रा १५ देखि १६ महिनाको उमेरमा पहिलो पटक व्याउने गर्दछ । यो बाख्रा दुध तथा मासु दुवैका लागि पालिने जात हो । यसले प्रतिवेत ६० देखि ७० लिटर दुध उत्पादन गर्दछ । यसको मासु रामा्रे मानिएको छ । वयस्क बाख्रीको जिउँदो तौल २०देखि २५ कि.ग्रा. तथा बोकाको २५ देखि ४० कि.ग्रा.सम्म हुन्छ ।

बोयर ः

यो दक्षिण अफ्रिकामा विकास गरिएको बाख्राको जात हो । यसको रंग सेतो र टाउको खैरो रंगको हुन्छ । विगत केहि वर्षदेखि यसको पालन शुरु गरिएको तथा नेपालको विभिन्न भौगोलिक क्षेत्रमा यो बाख्रा पाल्नका लागि आवश्यक प्रविधिको विकास गर्न कृषि अनुसन्धान केन्द्र बन्दीपुरमा २०६५ सालदेखि विस्तृत अध्ययन गरिदै आएको छ । यो बाख्रा सबै प्रकारको हावापानीमा घुलमिल हुनसक्ने तथा रोप्रतिरोधात्मक क्षमता समेत बढी भएकोले स्थानिय बाख्रा संग क्रस गराई उत्पादन राम्रो हुने पाईएको छ । यसले जुम्ल्याहा पाठापाठी जन्माउँछ र २ वर्षमा ३ पटक व्याउने गर्दछ । यस बाख्रामातुलनात्मक रुपमा छिटो परिपक्वता आउँछ ।

 

खोर व्यवस्थपन

ठाँउको छनौट

खोर निर्माण गर्नुभन्दा अगाडी त्यसका लागि उपयुक्त ठाँउको छनौट गर्नु पर्छ ठाँउको छनौट गर्दा निम्न कराहरूमा ध्यान पयाउनु आवश्यक

पानी नजम्ने, केहि अग्लो, राम्रो निकास भएको, घामलाग्ने स्वच्छ हावा बहने जंगली जनावरहरूले सजिलै आक्रमण गर्न नसक्ने

कलकारखाना तथा अन्य उद्योगहरूबाट उत्पन्न हुने प्रदुषण क्षेत्रभन्दा टाढाहुनुपर्दछ

प्राविधिक सेवा सहज उपलब्ध हुनसक्ने, चरन क्षेत्र नजिक भएको, घाँसेबाली लगाउन सकिने क्षेत्रको नजिक, स्वच्छ पिउने पानी उपलब्ध हुनसक्ने हुनुपर्दछ

यातायात तथा बजारमा सजिलो पँहुच हुनसक्ने स्थानमा हुनुपर्दछ

दाना तथा पानीको व्यवस्था

बाख्राको खोरमा दाना दिने तथा पानी पिउने डुँडको व्यवस्था पनि गर्नुपर्दछ दाना खुवाउने डुँड बनाउँदा लामो आकारको क्रमबद्ध बनाउनुपर्दछ यस्तो डुँड प्रायः सिमेन्ट, कंक्रिट,

काठ वा अन्य धातुजन्य सामग्रीको प्रयोग गरि बनाउन सकिन्छ जे जसरी बनाएपनि डुँडको भित्रीभाग चिल्लो बाटुलो हुनुपर्ने कुरामा ध्यान दिनुपर्दछ डुँड बनाउँदा प्रति बाख्रा ४० देखि ५० से.मि. लम्बाईको स्थान उपलब्ध गराउनु पर्दछ, ४० से.मि.फराकिलो १५ से.मि.गहिरो भए पुग्दछ डुँड भित्र बाख्राले खुट्टा टेकाउन नसकोस् भन्नाका लागि डुँडको केहि माथिबाट फलाम पाइप वा बाँस तेर्साइदिनु पर्दछ जसले बाख्राले गर्धन मात्र छिराउन सक्दछ सबै बाख्रालाई आवश्यकता अनुसार पिउने पानीको व्यवस्था मिलाउनु पर्दछ पानीले भरिएको भाँडो बाख्राको खोरमा सधैँ तयार राख्नु पर्दछ यसका लागि आहाराको डुँड संगै पानी पिउने नालको व्यवस्था पनि गर्न सकिन्छ यसरी पानीको नाल बनाउँदा त्यसको नाप आकार दानादिने डुँड जत्तिकै बनाउन सकिन्छ एकतिरबाट पानी भरिने पाइप तथाअर्को तर्फ पानी भरिएर नपोखियोस् भनेर फ्लोट भल्भ पनि लगाउनु पर्दछ।

चरन तथा आहारा

नेपाल भौगोलिक हिसावले विषम हावापानी भएको मुलुक हो यहाँ सोही अनुकूल बनस्पतिहरु पनि पाइन्छन मध्य पहाडी क्षेत्र (१८०० मिटर उचाई) सम्म अलि गरम हुने, धेरै पानी पर्ने, पाखो तथा

कान्लामा भूईघाँस डालेघाँस राम्ररी हुर्कने अनुकूल वातावरण हो बाख्राले न्यानो हावापानी अधिक मन पराउने, ओभानोघाँस खानेजनावर हुने हुदा यस हावापानीमा राम्ररी फष्टाउदछ बाख्राले अधिक मन पराउने डाले घाँसहरुमा वडहर, सेतो चुलेत्रो, टांकी, कोइरालो, कुटमिरो, इपिल इपिल, किम्वु, निमारो, काब्रो, खन्यु, कोइरालो, टांकी आदि हिउँद याममा पुग्ने गरी लगाउनु पर्दछ दैनिक प्रति बाख्रा देखि के.जी. हरियो घाँस खान वर्सिम, जै, नेपियर, भेच, सुडान, सोरगम, टिओसेन्टि (ओट), सेटारिया आदि भूईघाँसहरु पनि प्रशस्त लगाई उत्पादन लागत घटाउनु व्यवसायिक पशुपालनमा जोड दिनु पर्दछ

बनजंगल नजिक हुने ठाउँमा बाख्रालाई बनजंगलमा चराउने बानीले व्यवसायिक पशुपालन नहुनेअर्कोतर्फ जंगलको विनासले वातावरणीय क्षेती हुनेछन खुला रुपमा बाख्रा पालन गर्दा उचित स्याहार सुसार कम हुने, रोगव्याधि लाग्ने, बच्चा हुर्काउने क्षमतामा कमी आउने तथा जाडो याममा पाठापाठीको अधिक मृत्यु हुने पाइएको बाख्रावाट अधिक मात्रामा उत्पादन लिन आहाराकोराम्रो वन्दोवस्त हुनु पर्दछ स्वस्थ्य पाठापाठी पाउन, माउले राम्ररी दूध दिएर पाठापाठी छिटो हुर्काउन आहारामा उचित पोषकतत्व जिवित तौलको . देखी . प्रतिशत ड्राइमेटर (( केजी हरियो घाँस) हुनु पर्दछ हरियो घाँसमा कोषे अकोषेको अनुपात क्रमशः १ः३ को हुनु वेश हुन्छ बाख्राले प्रोटिनयुक्त कोशे वाली, हरियो घाँसपात तथा शुष्क घाँस (हे) बढि मन पराउँदछ यसले छानी छानीकन चरने गर्दछ बाख्राले साइलेज पराल खान रुचाउदैन डाले घांस अधिक रुचाउँदछन बाख्रालेतीतो, नुनिलो, अमिलो गुलियो छुट्याउन सक्दछन गाई भैंसीले भन्दा अधिक तीतो बाख्राले खान रुचाउछन ताजा घाँस वाख्राले अति मन पराउँदछन अरु जनावरले चलाई सकेकेको घाँसपात तथा स्वयं कुल्चेर खाने मन पराउदैन घाँसपात दिदा ¥याक वा मुठा बाधि झुण्डाएर दिनु पर्दछ

 

. पाठापाठीको व्यवस्थापन

व्याएपछि पाठापाठीको¥याल पुच्ने, मुख, नाक, जिव्रो सफा पार्ने, सम्भव भए सफा पानीले नुहाई दिने।

जन्मेपछि इञ्च छाडी धागोले वाँधी नाभी काट्ने टिंचर आयोडिन लगाउने

थुन सफा गरी विगौती दूध चुस्न लगाउने

जाडो महीनामा पाठापाठीलाई न्यानो कपडाले लपेट्नु पर्दछ

चार महीना पुगेपछि जुकाको औषधि खुवाउने

करिव ९० दिन पुगेपछि माउको दूध छुटाउने

पाठालाई एक महीनापछि खसी पार्ने

कानमा ट्याग लगाउने

आवश्कता अनुसार सिंङ खुर काट्ने

नोटः बोकामा बोसो कम लाग्ने, खसीको तुलनामा छिटो बढ्ने, मासु उत्पादन खर्च कम लाग्ने, मासुमा

बोकाको गन्ध आउँदछ

बाखा्र मा लग्ने रोगहरु

पि.पि. आर.

परिचयः

विषाणुले गर्दा हुने अत्ति नै खतरनाक माहामारी सरुवा रोग

आर्थिक दृष्टिकोणले अत्ति नै नोक्सानदायी रोग हो

सर्वप्रथम सन् १९४० मा पश्चिमी अफ्रिकाको आईभोरी कोष्ट को भेडा बाख्रामा देखापरेको थियो

अफ्रिकी देशहरूमा सीमित यो रोग पशु व्यापार तथा पशु आवत जावतकोक्रममा मध्यपुर्व हुंदै भारत, नेपाल तथा बङ्गलादेशमा भित्रिएको थियो ।कारक तत्व

पारामिक्सोभाइरिडी फैमिली ९एबचबmष्हयखष्चष्मबभ ाबmष्थि० अन्तर्गतको मोर्बिली भाइरस  बाट लाग्छ

विषाणुको भौत्तिक, रासायनिक तथा इम्युनोलजिकल प्रकृति गाई वस्तुमा लाग्ने गौगोटी , कुकुरमा लाग्ने केनाइन डिस्टेम्पर , तथा मान्छेमा लाग्ने मिजल्स संग मिल्दो जुल्दो हुन्छ

लक्षणहरू

रोग सर्ने अवधि देखी दिनको हुन्छ त्यस पछि गौगोटी रोग संग मिल्दाजुल्दा

निम्नानुसारका लक्षणहरू देखिन्छन्

ज्वरो आउने झोक्राउने नाक तथा आंखावाट पातलो पदार्थ वग्ने विरामी पशुछिम्कने गर्दछ जिव्रो गिजाहरूको झिल्लीहरूमा घाउ भइ झिल्लीहरू क्षय भएर जाने तथा केही समय पछी पशुले छेर्ने गर्दछ

शुरुमा नाक तथा आंखावाट वगेको पातलो पदार्थ पछी गएर वाक्लो हुने जस्ले गर्दा आंखाका परेलाहरू आपसमा टांसिने हुन्छ

अन्त्यमा द्यचयलअजयउलभगmयलष्ब भै करिव ३० प्रतिशत सम्म वाख्राहरू एक हप्ता भित्रमा मर्ने गर्दछन्

यो रोगसंग मिल्दाजुल्दा लक्षण भएका झुक्किने अन्य रोगहरू खोरेत, निलजिवे्र, मुआलो, रिफ्ट भ्याली फिवर, मासे रोग, निमोनिया

रोगनिदान

लक्षण तथा परिक्षणवाट रोगको शंका गर्न सकिने भएतापनि रोगको किटान गर्न निम्न परिक्षणहरू गर्नु पर्ने हुन्छ

मरेको पशुको लिम्फग्रन्थि वा टन्सीलवाट नमुना लिईपरिक्षणद्धारा रोगको एन्टीजन पहिचान गर्ने

जिउदो विरामी वाख्राहरूको रिममा भ्ीक्ष्क्ब् प्रविधिवाट रोगको विषाणु विरुद्ध एन्टीवडि पहिचान गर्न सकिन्छ

रोकथाम (ऋयलतचय)िः

पि.पि.आर.को शंका लाग्नासाथ विमारी पशुलाई वथानवाट तुरुन्तै छुट्ट्याएर अलग्गै राख्नु पर्दछ

नजिकैको भेटनरीको निकायलाई छिटो साधनद्धारा खवर गर्ने

नमुना संकलन रोग निदान तथा नियन्त्रण गर्न सघाउ पु¥याउने

खोप लगाउने

बाख्राको मासे रोग

जिवाणुद्वारा हुने तिक्ष्ण किसिमको रोग हो

चरनमा चर्ने भन्दा बंधुवा गरि पालिने बाख्रामा बढि पाईन्छ

कारणः

एक्कासी दाना तथा चरन परिवर्तन भएमा वा कम पोषिलो आहाराबबाट बढि पोषिलो दाना वा घाँस खाएमा

लक्षणः

खोरमा एक्कासी बाख्राहरू मरेको हुन्छ

दानापानी नखाने, झोक्राउने, दुध सुक्ने

पेट दुख्ने, रगत मिसिएको छर्ने (कहिले कांहि खैरो रंगको पनि छेर्ने)

 ¥याल काढ्ने, दारा किट्ने

टाउको बटारेर पछाडि लैजाने

उपचारः

सन्तोषजनक उपचार गर्न गाह्रो पर्छ

तर लक्षण हेरेर उपचार गर्न सकिन्छ जसमा छेरौटि कम गर्न सकिने औषधि खुवाउने, एन्टिवायोटिक औषधिको प्रयोग गर्ने तर यसको लागि अनुभवी प्राविधिकको सल्लाह लिने

रोकथामः

एक्कासी आहारामा परिवर्तन गर्नु हुंदैन

एकै पटक धेरै पोषिलो आहारा खुवानउु हुंदैन

रोग बाख्रालाई बेग्लै राखि उपचार गर्ने

रोगीले दुषित बनाएको सामग्रीहरूलाई राम्ररी सफाई गर्ने

संभव भएमा ६।६ महिनामा खोप लगाउने

विरामी भएको थाहा हुने वितिकै प्राविधिकलाई खबर गर्ने

बाख्राको खुर पाक्ने

जिवाणुको कारणले चरनमा जाने बाख्रामा लाग्ने सरुवा रोग हो

कारणः

बाख्राको खुरमा काँडा वा कुनै धारिलो बस्तुले चोट बनाएको ठाउँबाट आँखाले नदेखिने

जिवाणुले प्रवेश गरि घाउ बनाउंछ

लक्षणः

मन लगाएर खांदैन

बथानमा हिँड्न उभिन सक्दैन

बाख्राले लङ्गडाउँछ

शरीरको तापक्रम बढेको हुन्छ

खुर वरिपरि सुन्निन्छ

खुर छाम्दा तातो हुन्छ

खुरलाई खुर्केर हेर्दा घाउ हुन्छ पिप बगेको हुन्छ

खुरको घाउबाट गन्हाउने पिप निस्कन्छ

उपचारः

घाउलाई पोटास पानी वा कुनै एन्टीसेप्टीक झोल औषधिले सफा गरि दिने मलम औषधि दैनिक निको नहुन्जल लगाउने

अनुभवी प्राविधिकको सल्लाहले एन्टिवायोटिक खुवाउने औषधि वा सुई कम्तिमा देखि दिनसम्म प्रयोग गर्ने न्यूमोनिया (एलभगmयलष्ब)

निमोनिया बाख्राहरूमा लाग्ने प्रमुख रोगहरूको मध्येको रोग हो प्रतिकुल चिसो मौसममा पाठापाठीमा यो रोग बढी देखिन्छ यो रोग विभिन्न कारणले गर्दा हुनसक्दछ जसमध्येविषाणु, जिवाणु, ढुसी, फोक्सोको जुका

लक्षणहरू

शुरुमा चाँडो चाडो श्वास फेर्ने पछि श्वास प्रश्वासमा अवरोध आउने

खोकी लाग्ने, ज्वरो आउने नाकबाट सिँगान बग्ने, खाना मन नगर्ने, घाँटीघ्यारघ्यार बज्ने

उपचार तथा रोकथामः

रोगी पशुलाई न्यानो ओभानो ठाउँमा लगी राख्ने, एभिल सुई लगाउने

क्याफ्लोन पाउडर खुवाउने, एण्टीबायोटिक सुई दिनसम्म लगाउने मुआलो, मौलारोगः

यो रोग विफर जस्तै एक प्रकारको बिषाणुले गर्दा लाग्ने बाख्राको संक्रामक रोग हो

प्रायः जसो पाठापाठीहरूमा यो रोगले बढी प्रभावित गरेको पाइन्छ

यो रोग लागेमा ओठ तथा मुखमा घाउ हुने भएकोले खानाखान चर्न नसक्ने भएकोले पाठापाठीलाई बढी असर गर्दछ

रोग सर्ने माध्यम

रोगी पशुको सम्पर्कबाट घाउबाट निस्केको पाप्रा वा खतहरूबाट भूईमा वा घास वा दानामा मिसिएमा वा हावाको माध्यामबाट पनी सर्न सक्छ रोगी पशुमा भएको घाउबाट निस्केको पाप्राबाट

लक्षणहरू

शुरुमा मसिना विमीराहरू निस्किने

मसिना विमीराहरू केही ठूलो फोकामा परिणत हुने

यस्तो घाउ पछि ओठ,मुख,कान, खुटाको छाला, अण्डकोष, सुत थुनमा पनिदेखिन्छ

फोका फुटी खाटो बसेको घाउ जस्तो देखिने

 घाउमा खाटो वसे पछि मासु पलाएको जस्तो भएर घाउ भएको ठाउँ

सुन्निने घाउहरू , दिनमा आफै निको हुन्छ

उपचार तथा रोकथाम

बिषाणु बाट लाग्ने रोग भएकोले प्रभावकारी उपचार नहुने

रोग लागे पछि घाउको उपचारमा प्रयोग गरिने एन्टीसेप्टीक औषधीले घाउँ सफा गर्ने

रोगी पशुलाई स्वस्य पशुबाट अलग राख्ने

घाउको पाप्रा नकालेर गिल्सीरीन सलाइन दल्ने

खोप लगाउने

झिगाबाट बचाउन प्रतिशतको निलोथुतोको झोल हिमक्स मलम लगाउन