ओखर खेति प्रविधि

 

परिचय

ओखरलाई अङ्ग्रेजीमा  walnut भनिन्छ । यसको वानस्पतिक नाम  Juglans rejin हो । यो Juglandaceae परिवारमा पर्छ । ओखर बिरुवाहरुको कलमी कसरी र कहिले गर्ने भन्ने विषयमा धेरै कृषकहरुलाई जानकारी नभएकाले यहाँ केही प्राविधिक जानकारी गराउने प्रयास गरिएको छु । ओखर बिरुवा कलमी गर्न पहिले नेपाली हाडेओखरको बीउ संकलन गर्नु अति जरुरी छ । नेपाली ओखर संकलन भैसकेपछो बिचार पुर्याउनु पर्ने कुराहरु यश प्रकार छन् । नेपाली हाडेओखर राम्रो र पोटिलो भएको हुनुपर्छ, जसबाट राम्रो उम्रिने होस् पछी त्यो बियाँ छान्ने समय धेरै नलागोस भन्नकोलागी एउटा टिन वा बल्टिनमा पानी नभरिने गरि हाल्ने र त्यसपछि ओखरको बिउ सबै टिनमा हाल्नु पर्दछ । वजन तथा उम्रने शक्ति बढी भएका सबै बिउहरु तल जान्छन भने वजन कम भएका सबै माथि पानीमा उत्रिन्छ त्यसपछि तल जम्मा भएका बिउहरु ज्ञ।छ(द्द।ण् महिनासम्म एक पत्र बीउ र एक पत्र बालुवा राखेर स्ट्राटिफाइ गरिसकेपछि माघको दोस्रो जग्गा तयार गरि रोपिन्छ । यदि स्ट्राटिफाई गर्न समय नभएमा उक्त बिउलाई ठद्द घन्टा सम्म पानीमा राखी त्यस पछि रोपेमा राम्रोसँग उम्रिन्छ । एक बिउबाट अर्को बीउ द्ध इन्च र एक लाइनबाट अर्को लाइनको दुरि ज्ञ।छ।छ फुट राखी रोप्नुपर्दछ । यसले गर्दा पनि कलमी गर्न सजिलो होस् भन्नकोलागी बिचार पुर्याएर रोप्नु जरुरी देखिन्छ । ओखर बिरुवालाई समुद्र सतह देखि ज्ञछण्ण्( द्दडण्ण् ज्मिटर भएको क्षेत्र अति उपयुक्त देखिन्छ ।

 

ओखरका प्रमुख जातहरु ः

१। स्थानिय हाडे ओखर ः कडा बोक्रा भएको नेपालको पहाडी भुभागको जंगलमा पाईने जंगली खोखरको पनि आफ्नै विशेषता रहेको छ । यसको बीउबाट विरुवा बनाई कलमी गर्नको लागी उत्तम खाल्को मुलबृत्त ९च्ययत कतयअप० हुन्छ । यसकाटिम्बरबाट राम्रा गुणस्तरका काठका बस्तुहरु ९फर्निचर, ठेकी, ठेका, आरी, ब्यारल (रक्सि राख्ने भाँडो) आदी बन्दछन ।त्यसैले यस जातीलाई पनि बचाई राख्नु हाम्रो दायित्व हो ।

२। थिनसेल  ः नेपालमा सदियौं देखि पाईदै आएको पातलो बोक्रा भएको जसलाई स्थानिय थिनसेल ९त्जष्ल कजभिि० ओखर पनि भन्ने गरिन्छ ।

३। थिनसेल  ः यो नाम गरेको ओखर चाँही क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो । यसको बोक्रा हाम्रो स्थानिय थिनसेल भन्दा हलुका नरम खाल्को हुन्छ ।

४। आशले  ः यो क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।

५। हार्टले  ः यो क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।

६। फ्रान्क्वेट  ः यो क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।

७। पायने ः यो पनि क्यालिफोर्नियाबाट भित्रिएको उन्नत जात हो ।

८। परताप ः भारतको हिमांन्चल प्रदेशमा विकास गरिएको जात हो ।

९। गोविन्द ः भारतको हिमांन्चल प्रदेशमा विकास गरिएको जात हो ।

१०। के।१२ ः भारतको हिमांन्चल प्रदेशमा सन् २००७ मा विकास गरिएको जात शितोष्ण फलपूल खेती प्रविधि द्धघ हो । यो जातको ओखर उच्च गुणस्तरको मानिएको छ ।यसमा ५८ प्रतिशत भन्दाबढी गुदी पाईन्छ ।

स्थानको छनौट ः

ओखर खेती गर्नको लागी समतल जग्गा देखि २०डिग्री भिरालो जग्गासम्ममा गर्न सकिन्छ ।त्यसैगरी खेतबारीको डिल,सिमानामा पनि लगाउन सकिन्छ साथै खरबारी,सार्बजनिक जमिन,सामुदायिक बनहरुमा पनि खेती गर्न सकिन्छ ।

 

हावापानी ः

ओखर बालीले तुषारो देखि हल्का हिंउसम्म सहन सक्दछ तर अत्यधिक हिंउ पर्ने स्थानमा काण्डमा असर गर्ने गर्दछ । त्यसैगरी गर्मी मौसममा अधिक गर्मी हुने स्थानमा पनि ओखर बाली लगाउन उपयुक्त हुदैन । त्यसैले ओखरको जात हेरी समुन्द्र सतहबाट १००० देखि २५०० मिटरसम्ममा सफलतापुर्वक ओखर खेती गर्न सकिन्छ । ओखर खेतीको लागी जातिय विशेषको आधारमा बार्षिक ७०० देखि १५०० घण्टा चिलिङ आबश्यक पर्दछ । बार्षिक बर्षा ७६०मि।मि। सम्म भएमा यसको खेती राम्रो हुन्छ।

 

माटो ः

ओखर खेतीको लागी पानीको निकास राम्रो भएको,पानी नजम्ने तर चिस्यान रहिरहने, प्राङ्गारिक पदार्थ प्रसस्त भएको, ३ मिटरसम्म गहिरो माटो भएको, पाँगो देखि चिम्ट्याईलो दुमट माटो उपयुक्त मानिन्छ । माटोको पि।एच।६देखि ७ सम्ममा राम्रो उत्पादन लिन सकिन्छ ।

पानीको निकास

बिरुवा रोप्ने कृषकले बिरुवा रोप्नु आगावै चारै तर्फ कुलो बनाएर पानी जाने निकास बनाउनु आवश्यक छ । अन्यथा पानीको निकास नभइ बिरुवामा पानी जमे जरा कुहिएर बोट पहेँलो हुन्छ । त्यसकारण पानीको निकास बनाउन जरुरी छ ।

बिरुवा लगाउने दुरी

ओखरको बिरुवा बिजु छ भने १० × १० को दुरीमा तथा  कलमी  गरिएको बिरुवा छ भने ७×७ः को दुरीमा लगाउदा उपयुक्त हुन्छ ।

 

जमिनको तयारी

ओखर रोप्नु भन्दा पहिले खाडल तयार गर्नुपर्छ ।खाडल द्ध फुट गहिराइ द्ध फुट गोलाकार गरी खन्नुपर्दछ । यसरी तयार गरेको खाडलमा  कि।ग्रा। पाकेको गोबर मल राखी, माटो र मल मिलाइराखनु पर्दछ ।

मल खाद

साधारणतयास् नेपालमा ओखर खेती गर्दा कम्पोस्ट मल दिने गरेको छैन तर रासायनिक मल  दिएमा उत्पादन धेरै नै बढी लिन सकिन्छ ।नफल्ने बिरुवाहरुकोलागी 25-50 kg FYM प्रति बोट तथा फल्ने बिरुवाहरुको लागी 50-100 kg FYM प्रति बोट प्रत्येक वर्ष राख्ने साथै 250 gm N, 60 gm P, 250 gm K दिनपर्छ ।

 

अन्तर्बाली ब्यबस्थापन

ओखरको बोट ठुलो नभएसम्म करिब ४, ५वर्ष सम्म छोटो समयमा उत्पादन दिनसक्ने जस्तैस्काउली,बन्दा,ब्रोकाउली,गोल्भिडा,प्याज र अन्य ताजा तरकारीमा भटमास,मुला,सल्गम,चम्सुर,रायो लगाई दोहोरो बाली लिन सकिन्छ ।

बिरुवामा काटछाट

बिरुवा रोपेको अर्को वर्ष देखि काटछाट गर्न अति नै राम्रो सारेको अर्को वर्षमा उक्त बिरुवाको मुख्य हाङा जमिनबाट द्ध फुट आग्लो भएपछि माथीको टुप्पो काटिदिनाले अर्को मुना आउँछ । त्यसमा पनि आफुलाई आवश्यकता अनुसार हाङगा राख्न सकिन्छ ।

उत्पादन

अखरको उत्पादन पुर्ण बिकसित माउ बोटले 50-100 KG  प्रति बोट उत्पादन दिन सकिन्छ ।

बजार

बिश्व बजारमा ओखरको माग अत्याधिक छ । नेपाली बजारमा ओखर प्रती किलो ६००,७०० सम्ममा बिक्री हुन्छ । ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्ता सम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ ।