तरबुजा खेति प्रविधि
परिचय
तरबुजा ऋगअगचदष्तबअभबभ परिवारको सदस्य हो, जसको काक्रा ,फर्सी ,इस्कुस लगायत अन्य बिरुवाहरु पर्ने गर्छन् ।तरबुजा अफ्रिकाको रैथाने बाली हो । तर्भुजा भारतमा सातौ सताब्दिमा उत्पादन गरिएको थियो भने चीनमा १०औ सताब्दिमा सुरु भएको थियो। १७औ सताब्दी सम्म भने यो यूरोपमा व्यापकरुपमा उत्पादन हुन सुरु भयो र न्यानो तापक्रम भएको ठाउमा यो बालि वर्षेनी लगाउन थालिए । सिराहा ,सर्लाही, झापा ,कपिलवस्तु नेपालको प्रमुख तर्बुजा उत्पादन हुने जिल्लाहरु हुन । नेपालमा मौसमी तर्बुजा खेती गर्दा यस्को सरदर उत्पादकत्व २१।७० मे। टन प्रती हेक्टर रह्को छ। तरबुजाका भाले र पोथी फुलहरु एउटै बोटमा तर फरक ठाँउ मा हुन्छन् ।यो फल क्यारोटिनॉयड र भिटामिन । ए जस्ता तत्वहरुको महत्त्वपुर्ण माध्यम हो। यसमा फाइबर पनि पाइन्छ जसले पाचनशक्तिको विकास गर्न मद्धत पुर्याउछ। तरबुजाको सेवन गर्नाले मोटोपन, मुटुरोग र अन्य थुप्रै मृत्युजन्य रोगहरुका लागि लाभदायक मानिन्छ । सरस्वती , लक्ष्मी , किरण , सुगर कुईन लगाएतका प्रजातिहरु नेपालमा लोकप्रिय छन ।
हवापानि
तर्बुजा खेती गर्नका लागि यठेष्ठ घाम लाग्ने ठाँउ उपयक्त हन्छु । बिउ उम्रन को लागि १८ ं डिग्रो से भन्दा तल इ्राारेमा सना विरुवाहरुलाई असार गर्छ र राम्रोसँग बद्न सक्दैन । तबुर्ज खेति को लागि २२ खेखि ३० से , तापक्रम उपयक्त मानिन्छ । फल पाक्ने बलेमा धेरै पानी पयो तथा सिचाई धेरै भयो भने फल कम गुलियो हुने हुन्छ । आद्रता बढी भएमा फल कम गुलियो हन्छ ,र लहारमा पनि धेरै रोग लग्ने हुन्छ
माटो
तर्बुजाको लागि प्राङ्गारिक वस्तुमा प्रसस्त भयेको बलौटे दोमट माटो सबै भन्दा राम्रो मानिन्छ। यस सङसङै बेर्ना सारिएको जमिनमा जल निकासको उचित ब्यबस्था हुनु पनि जरुरी हुन्छ। यसका लागि माटो को पी।एचको मान ५।५ देखि ६।६ सम्म उचित रहन्छ ।
जातहरु
तर्बुजा को धेरै जातहरु छन । तीमध्ये केही जातहरु निम्न छन ।
१ अर्क राजहंस
२ अर्को जोन
३ पुसा सर्वती
४ पअ्जाव हाइव्रिड
५लक्ष्मी ७४७
६ लक्ष्मी ७६७
७ सुगर बेबी, असाई एमतो ,हनिडय र सिडलेस आदि हो
मलखाद व्यवस्थापन
गोबर मल स् १ कठ्ठामा १र२ टेलर, सुली २०० केजी, डिएपीस् १० केजी ,पोटासस् ५ केजी, चिलेटेड बोरोनस् २५० ग्राम, क्याल्सियम मास्टरस् ४ केजी ,कर्मा बायोस् ३ केजी ,पि एन आरस्७ केजी, फिब्रोनिलस् २५० ग्राम जमिन तयारी गर्ने बेलामा हाल्नु पर्छ । बिरुवा रोपेको दिन एनपिके १९स्१९स्१९ ९ ४ ग्राम रलिटर ० र ह्युमिक एसिड ९१स्५ मिलिलिटर० दिनुपर्ने हुन्छ । दशौं दिन मा पुन एकपटक एनपिके ९१९स्१९स्१९० र ह्युमिक एसिड दिनाले बिरुवा को राम्रो वृद्धि हुन्छ । पन्ध्रौ दिन देखी १२स्६१स्०९५ ग्रामरलिटर० दिन सुरु गर्नुपर्छ । बिसौँ दिन मा माइक्रो न्युटिर्यन्ट छर्नुपर्छ । पच्चिसौँ दिनमा पुन एकपटक १२स्६१स्० को अनुपातमा दिनु पर्छ । तिसौँ दिनमा बिरुवालाई बोरोन र क्याल्सियम छर्नुपर्छ । पैतिसौँ दिनमा युरिया ९२९३ केजी० र पोटास ९५ केजीरकठ्ठा ० टप ड्रेस गर्नाले फलको आकार मा वृद्धि गराउँछ । चालिसौँ दिन मा क्याल्सियम नाइट्रेट ९१०० ग्रामर १६ लिटर० को प्रयोग गर्नुपर्छ ।
बीउ दर
तर्बुजा खेती गर्न एक हेक्टरको लागि ३०० देखि ३५० ग्राम बिउको आवश्यकता पर्दछ ।
बिरुवा अवस्थामा गर्नुपर्ने हेरचाह
बीउलाइ एक रात भरि पानीमा भिजाउने र छायाँमा सुकाउनाले बिरुवा छिटो उम्रने सम्भावना बढाउँछ। त्यसै गरि बिज अंकुरण हुनका लागि ५९६ दिन चाहिन्छ। उचित सुर्य किरण र सिंचाइको तालमेल मिलाई काम गर्नुपर्छ। सुर्य किरणको कमी र पानी धेरै भएको अवस्थामा बिरुवा कमजोर हुन्छ।
रोप्ने समय
तर्बुजा गर्मीयामको लोकप्रिय फल हो। त्यसकारण यसलाई विशेषत फागुन९चैत महिनाको अवधि भित्र लगाइन्छ। एउटा ड्याङ्ग देखी अर्को ड्याङ्ग सम्मको दुरी ४ फिट र एउटा बोट देखी अर्को बोट सम्मको दुरी २ फिट हुन्छ ।
कटाई
बिरुवा रोपेको आठौं र नवौं हप्तामा तरबूज फलको फसल कटाई सुरु गरिन्छ । एउटा पाकेको तरबूजको मुनि सेतो वा पहेलो रंग हुन्छ र रिन्ड चम्किलो देखि सुस्त हुन्छ । डाँठले तरबुजालाई भेटेको ठाउमा खैरो रंगको टेन्ड्रिल देखिनु पनि फल पाकेको सङ्केत हो ।
रोग
फ्युजारियम विल्ट , ब्याक्टेरिल फ्रुट ब्लच ,कोत्रे रोग, सितेधुले ढुसि तर्बुजामा देखिने रोगहरु हुन । साफ ढुसिनासक ३ मिलिलिटर र लिटर दिनाले बिरुवा अवस्थामा देखिने राइजोकटोनिया रुट रट को नियन्त्रण गर्न सकिन्छ । इसट्रेपटोसाइक्लिन २ ग्रामरलिटर र बाभिस्टिन २ ग्रामरलिटर ले ब्याक्टेरियाले गर्ने हानीबाट बिरुवालाई जोगाउँछ ।
किराहरु
थ्रीप्स र माइट्स तर्बुजामा लाग्ने प्रमुख किराहरु हुन भने फलमा लाग्ने झिंगा र रेड पम्प्किन बिटलले पनि केही मात्रामा क्षति पुर्याको देखिन्छ । थ्रीप्सको नियन्त्रण को लागी जम्प २ ग्राम र १६ लिटर०० किङ गार्ड९१० ग्राम र १६ लिटर० र माइट्स को लागी ९सल्फर भएको ढुसिनासक० प्रयोग गर्नुपर्छ। फेरोमेन ट्र्याप बारीमा राख्दा फलमा लाग्ने झिँगा को राम्रो नियन्त्रण हुन्छ ।